
मंगलसेन नगरपालिका वडा नम्वर १ मा रहेको प्रगतिशील आधारभूत विद्यालयको १५ औं अभिभावक भेला तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रशान्त रानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि मंगलसेन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । आज सामुदायिक विद्यालय माथि विभिन्न किसिमका आरोपहरू लाग्ने गरेको भन्दै यी आरोप चिर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयका शिक्षकहरूले ईमानदारीताकासाथ पढनउनुपर्ने, अभिभावकले आफ्नो छोराछोरी विद्यालयमा नियमित पठाई दिनुपर्ने र विद्यार्थीहरूले राम्रो संग पढि दिएको खण्डमा अहिले का अधिकांश समस्याहरू आफै समाधान भएर जाने विश्वास ब्यक्त गर्नुभएको छ । विद्यालयले राम्रो परिणाम दिनुपर्ने र त्यसका लागि आवश्यक पर्ने स्रोत साधनको उचित व्यवस्थापनमा नगरपालिका तयार रहने प्रतिबद्धता जनाउनु भएको छ ।


आफू लामो समय देखि शिक्षा क्षेत्रको नेतृत्व गरिरहेकाले शिक्षा क्षेत्रको विकासका लागि स्रोत साधनको कमि हुन नदिने र विद्यालय पनि त्यसका लागि तयार हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बिशिस्ट अतिथिको आशनबाट बोल्दै वडा अध्यक्ष लोकराज नाथले वडाको शैक्षिक क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पुर्ण साथर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । प्रगतिशील आधारभूत विद्यालयले विद्यालयलाइ नमुना बनाउने काम गरिरहेको भन्दै यहीँ कार्यलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।
कार्यक्रममा वडा न २ का पुर्व अध्यक्ष मान बहादुर बोगटी, कार्यपालिका सदस्य हंस थापा राना, नेपाली काग्रेसका चन्द्र बहादुर जैगडी, नेकपा एमालेका गोपाल थापा, नेकपा माओवादी केन्द्रका कमल थापा, नेपाल कम्युनिस्ट पार्टीका दिपेन्द्र जैगडी, पुर्व गाविस अध्यक्ष हर्क बहादुर राना, कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बोगटी, कालिका सामुदायिक वनका बृख राना, ब्रहमाकुमारी ईश्वरिय विद्यालयका कविता कठायत, पुर्व अध्यक्ष कम्मान सिं थापा, मालिका सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा, वडा सदस्य सिद्व बहादुर थापा, मालिका आधारभूत विद्यालयका अध्यक्ष मिनराज नाथ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियोे ।
शिक्षक गोपाल जैगडीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन शिक्षक रेबन्त नाथले गर्नुभएको थियोे ।
