मंगलसेन नगरपालिकाले नगर क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुको नक्साङ्कन गर्ने

सरकारका नीति तथा कार्यक्रमहरुलाई सफल पार्न गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोः नगर प्रमुख बोहरा

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले नगर क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुको नक्साङ्कन गर्ने भएको छ । विकास साझेदार संस्थाहरु संगको समन्वय र साझेदारीलाई थप मजुबत र प्रभावकारी बनाउन नगरपालिकाले सो कार्य गर्न लागेको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षता र नगर प्रमुख पदम बहादुर बोहराको प्रमुख आतिथ्यतामा भएको समन्वयात्मक वैठक तथा साझेदार संस्थाको नक्साङ्कन कार्यकम मार्फत गैर सरकारी संस्थाहरु संगको समन्वय र साझेदारीलाई अझ व्यवस्थित गर्दै लैजाने विषयमा छलफल गरिएको थियो । वैठकबाट नगरपालिकालाई कार्यक्षेत्र बनाई विभिन्न परियोजना संचालन गरिरहेका संघसंस्थाहरुको संस्थागत र परियोजनागत विवरण संकलन गरि प्रकाशन गर्ने निर्णय गरिएको छ । उक्त नक्साङ्कनका लागि क्रियाशिल गैर सरकारी संस्थाहरुले आ-आफ्नो विवरण प्रस्तुतिकरण सहित सुझाव राखेका थिए ।

Mellekh RM1
Saud Agro Kailash

यस्तै वैठकबाट हरेक ३/३ महिनामा साझेदार निकाय र नगरपालिका विच समिक्षा सहित समन्वयात्मक वैठक आयोजना गर्ने, संस्थाहरुबाट प्राप्त नक्साङ्कनको विवरण एकिकृत गरि प्रकाशन गर्ने र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि गैससहरुको कार्यक्रम समेत समावेश हुने गरि नगरपालिकामा पेश गर्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले सरकारका नीति तथा कार्यक्रमहरुलाई सफल पार्न गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गैर सरकारी क्षेत्र संग अति आवश्यक र महत्वपूर्ण छलफल भएको भन्दै उहाँले आगामी दिनमा सहकारी सहकार्यलाई थप प्रभावकारी बनाउदै लैजाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी र सामाजिक विकास समिति संयोजक बिर्ख बहादुर बोगटीले सुझाव मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरपालिका क्षेत्रमा क्रियाशिल १० वटा परियोजना तथा संस्थाहरुको तर्फबाट संस्थागत जानकारी सहित समिक्षात्मक प्रस्तुतीकरण राखिएको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो । सेभ द चिल्ड्रेन र वाक नेपालकाे आर्थिक सहयाेगमा संचालित उक्त कार्यक्रमको संसचालन गैसस समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.