
मंगलसेन नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा वार्षिक परिक्षा सुरु भएको छ । कक्षा १० बाहेक सवै कक्षाहरुको परिक्षा चैत्र २ देखि संचालन हुने गरि नगरपालिकाले तय गरेकोमासवै सामुदायिक विद्यालयहरुले परिक्षा सुरु गरेका हुन ।

सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ३ सम्म परिक्षा संचालन नगरि निरन्तर मूल्याँकन कार्य मार्फत विद्यार्थि मूल्याँकन भैरहेको छ भने अन्य कक्षाहरुको नगरपालिका मार्फत प्रश्नपत्र निर्माण भई परिक्षा संचालन भैरहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । यसैविच नगरपालिकाको टोलिद्धारा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा संचालित वार्षिक परिक्षाको अनुगमन गरिएको छ । नगर प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा रहेको टोलिले वडानम्वर १३ को शिशुकल्याँण आधारभूत विद्यालय, शिशुसुधार मावि र यशोधरा माविमा संचालित परिक्षाको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा परिक्षा व्यवस्थापन, विद्यार्थिको उपस्थितिको अवस्था र परिक्षा सामग्रीको व्यवस्थापन लगायतका विषयमा जानकारी लिईएको थियो । अनुगमन टोलिमा नगरपालिका सामाजिक विकास समिति संयोजक बिर्ख बहादुर बोगटी, वडा नम्वर १३ का अध्यक्ष हिक्मत बोगटी, शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारी, वडानम्वर १३ का सचिव लाल सिंह खनाल, एमआईएस अपरेटर होम साउद लगायतको सहभागिता रहेको थियो ।


यस्तै नगर उपप्रमुख संगिता कुमारी रावलकोल नेतृत्वमा रहेको अनुगमन टोलिले वडानम्वर ६ र ७ का विभिन्न विद्यालयहरुको अनुगमन गरेको छ । टोलिमा नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, वडानम्वर ७ का अध्यक्ष राज बहादुर शाही, नगरपालिका स्टोर शाखा प्रमुख नरेश बहादुर कठायत लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा वार्षिक परीक्षा कक्षा १,२,३ को एकीकृत पाठ्यक्रममा आधारित मूल्यांकन प्रणालीको पाठ्यक्रमले निर्दिष्ट गरे अनुरुप छ छैन? कक्षा ४-९ को नया पाठ्यक्रम अनुसार आन्तरिक र बाह्य मूल्यांकन अनुरुप छ छैन? र विद्यालयमा परीक्षा शान्तिपूर्ण रुपमा मर्यादित र व्यवस्थित ढंगले संचालित छ छैन? परीक्षा समय तालिका बमोजिम संचालन छ छैन? परीक्षार्थीको बसाइ व्यवस्थापनमा कुन तरिका अवलम्बन गरिएको छ ? परीक्षाको समयमा दिवा खाजाको व्यवस्थापन कसरी गरेको छ ? शिक्षक, विद्यार्थी उपस्थितिको अवस्था पहिचान लगायतका परीक्षाका पूर्वसर्त परीक्षा केन्द्रले पालना गरे नगरेको? सुपरीवेक्षक/ अनुगमनकर्ता द्वारा अनुगमन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनुभयो ।
