अछाम दुर्घटना अपडेट : मृतक पाँचैजना र तीन घाइते एकै वडाका

Purnima Mobile
Kirci Gyan Kendra

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज विहान मेल्लेख–७ नन्देगडाको सुयडीमा भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

Samajik New Add 2082
Saud Agro Kailash

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

Mellekh RM1

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।  दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए। मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.