मानविय विकासमा लगानी गर्न आवश्यक रहेको: नगर प्रमुख बाेहरा

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले मानविय विकासमा लगानी गर्न आवश्यक रहेको बताउनु भएको छ । मानविय विकास बिना भौतिक विकास पनि सम्भव नहुने भएकाले भौतिक संग संगै मानविय विकासलाई पनि जोड दिन आवश्यक रहेको बताउनुभयो ।

Samajik New Add 2082

आज हामी हाम्रो गाउँठाउमा निर्माण गरिएका योजनाहरु प्रभावकारी भएनन, स्थानीयले अपनत्व लिएनन भनेर जसरी गुनासो गरिरहेको छौ यसको प्रमुख कारण भनेको मानविय चेतनाको विकास नहुनुको परिणम भएको बताउनुभयो ।

Mellekh RM1

हामीले भौतिक विकासमा धेरै लगानी गरि सक्यौ तर मानविय विकासमा कम लगानी गरेकाले आज मानविय चेतनाको विकास हुन नसकेको नगर प्रमुख बोहराले बताउनुभयो । अब हामीले मानविय विकासमा पनि लागनी गरेर समृद्ध पालिका सुखी पालिका बासी बनाउन आवश्यक रहेको भन्दै यसका लागि मंगलसेन नगरपालिका तयार रहेको बताउनुभयो ।

Saud Agro Kailash

स्वीस सरकार, नर्वेजियन राजदुतावास, यु एन एफ पीए, आईपास र भिएसओको सहयोग तथा साझेदारीमा संचालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरणको स्थानीय परियोजना सल्लाहाकार समितिको बैठकमा बोल्दै नगर प्रमुख बोहराले अब सरकारी पक्ष बाट होस या गैरसरकारी संस्था बाट होस संचालन गरिएका कार्यक्रमहरुलाई परिणमुखी बनाउन आवश्यक रहेको भन्दै यसका लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताउनुभयो ।

आफ्नो पालिकामा महिला, बालबालिका र युवाहरुको क्षेत्रमा कामगर्ने संघ संस्थाहरु रहेकाले संघ संस्थाको लगानी बाट पनि उचित किसिमको परिणम आए नआएको गम्भिर रुपमा समिक्षा गर्न आवश्यक रहेको भन्दै यसको सुरुवात मंगलसेन नगरपालिकाले गर्ने नगर प्रमुख बोहराको भनाई छ ।

समुदायमा अहिले पनि महिलाहरु विभिन्न किसिमको हिंसामा पर्ने गरेकाले यसका लागि पनि के कुन क्षेत्र बाट कस्तो कार्यक्रम संचालन गर्ने भनि छलफलको विषय बनाई कार्यक्रम लागु गर्न आवश्यक रहेको बताउनुभयो । सेफ हाउस मंगलसेनमा रहेको र त्यसलाई जिल्लाका अन्य पालिका बाट सहयोग नभएको गुनासो गर्दै नगर प्रमुख बोहराले अब कसैलेपनि सहयोग नगरेको खण्डमा मंगलसेन नगरपालिका आफै आफ्नै ढंगले संचालन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

गैरसरकारी संस्थाहरुको विज्ञता र स्थानीय सरकारको स्रोत साधन परिचालन गरि समृद्ध पालिका निर्माणका जुट्न सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय परियोजना सल्लाहाकार समितिको बैठकमा आईपास नेपालका रमेश थापा र पिसविन अछामका गोकुल खड्काले परियोजनाको कार्यप्रगति र आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो भने सहभागि सरोकारवालाले आगामी दिनमा गर्नुपर्ने गतिविधिका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संसोजक एवं वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न १ का अध्यक्ष लोकराज नाथ, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, नगरपालिकामा रहेका विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभएको छ । आईपास नेपालका कार्यक्रम संयोजक रमेश थापाले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.