
मेल्लेख गाउँपालिका वडा नम्वर ८ हातिकाेटमा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मेल्लेख गाउँपालिका महिला बालबालिका शाखाको आयोजनामा संचालित एक महिने होजियारी तालिमको साेमवार समापन गरिएको हो ।
स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताइन् ।
मेल्लेख गाउँपालिकाका वडा नम्बर ८ बाट बुनाई होजियारी सम्बन्धी सीप विकास तालिमका २० जनाको सहभागिता रहेका थिए ।


तालिम वडा नम्वर ८ का वडा अध्यक्ष महेश ठकुल्लाकाे अध्यक्षतामा समापन गरिएको थियाे । तालिम समापनमा बाेल्दै वडा अध्यक्ष ठकुल्लाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुपर्ने भन्दै यस्काे निरन्तरता हुनुपर्ने बताउनुभयो ।

३० दिन सम्म संचालित होजियारी सम्बन्धी सीप विकास तालिममा सुइटर, गलबन्दि, टाेपि, माेचा लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक सरला थापाले बताएकी छन । तालिममा समापनमा स्थानीय जनप्रतिनिधि वडा स्तरीय महिला संजालका पदाधिकारी लागायतकाे सहभागिता रहेकाे थियो ।
