ज्ञानदिप आधारभूत विद्यालय मंगलसेन ३ लाछिमनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

ज्ञानदिप आधारभूत विद्यालय मंगलसेन ३ लाछिमनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।सवै बालवालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीको सुनिश्चितता भन्ने आदर्श नारा सहित शैक्षीक अन्तरक्रियात्मक शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

विव्यस अध्यक्ष देवेन्द्र बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बिर्ख बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोगटीले विद्यालयको भौतिक र शैक्षीक अवस्था सुधारका लागि आफुले निरन्तर पहल गरिरहेको बताउनुभयो । शिक्षक विद्यार्थि र अभिभावक मिलेर मात्रै विद्यालयलाई राम्रो बनाउँन सकिने उहाँको भनाई थियो ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी,  शिक्षा शाखाका प्रास दीपक बहादुर भण्डारी, षोडशा माविका प्रधानाध्यापक बृकेश सिंह बोगटी, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटी, मंगल मिडिया नेटवर्कका अध्यक्ष होम साउद, काप्रे सिमभिटा सामुदायिक वनका अध्यक्ष राजेश बाबु बोगटी, मंगलसेन नगरपालिका एमआईएस अपरेटर एकेन्द्र बहादुर बोगटी, मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोपाल बोगटी लगायतका अतिथिले शुभकामना तथा सुझाव मन्तव्य राख्नुभएको थियो । साथै कार्यक्रममा उपस्थित शिक्षक अभिभावक र सरोकारवालाहरुविच आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा सरोकारवालाहरुबाट सुझाव संकलन गरि नयाँ शैक्षीक सत्रमा कार्यान्वयन गर्ने गरि टिपोट समेत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक महेन्द्र बोगटीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक कर्ण बहादुर धामीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.