मंगलसेन नगरपालिकाले भर्ना अभियानमा सामुदायिक सिकाई केन्द्रहरुलाई परिचालन गर्ने

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाले विद्यार्थि भर्ना अभियान २०८० का लागि सामुदायिक सिकाई केन्द्रहरुलाई परिचालन गर्ने भएको छ । सिकाई केन्द्र मार्फत भर्ना अभियान केन्द्रित गतिविधिहरु संचालनका लागि नगरमा रहेका विभिन्न ५ वटा सिकाई केन्द्रका अध्यक्ष र सकाहरुलाई १ दिने समन्वयात्मक वैठक गरिएको हो ।

Samajik New Add 2082

५ वटा सामुदायिक सिकाई केन्द्रलाई सवै १४ वटै वडाहरुमा कार्यक्षेत्र तोकेर वैशाख ६ देखि २० गते सम्म भर्ना अभियानमा सघाउनका लागि परिचालन गरिएको छ । सिकाई केन्द्रलाई सक्रिय पार्न र भर्ना अभियानलाई थप प्रभावकारी बनाउँन यो कार्य गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनुभयो । सामुदायिक सिकाई केन्द्र मार्फत सामुदायिक विकास र शिक्षा संग सम्वन्धित थुप्रै कार्य गर्न सकिने भन्दै नगर प्रमुख बोहराले तोकिएको कार्य उत्कृष्ट रुपमा पुरा गर्न आग्रह गर्नुभयो ।

Mellekh RM1
Saud Agro Kailash

समुदायको समग्र हितमा सामुदायिक सिकाई केन्द्रहरुलाई परिचालन गर्नुपर्ने भन्दै राम्रो काम गर्ने सिकाई केन्द्रलाई प्रोत्साहन गरिने प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । तोकिएको कार्यक्षेत्रमा गएर तोकिएको जिम्मेवारी पुरा गरि समग्र प्रतिवेदन नगरपालिकामा पेश गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

नगरपालिका अन्तरगतका मालिका सामुदायिक सिकाई केन्द्र वडा नम्वर १, मंगलसेन सामुदायिक सिकाई केन्द्र वडा नम्वर ५, ठुलासैन सामुदायिक सिकाई केन्द्र वडा नम्वर ६, सगरमाथा सामुदायिक सिकाई केन्द्र वडा नम्वर १२ र मोतिराम सामुदायिक सिकाई केन्द्र वडा नम्वर १४ का अध्यक्ष तथा समुदाय कार्यकर्ता (स.का) हरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण शिक्षा शाखाका प्रास दीपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.