चैत्र ४ गते जुपुमा लाग्ने दशैं मेलामा जुपु स्वास्थ्यचौकीले प्राथमिक उपचार सेवा दिने
चैते दशैंको अवसरमा मंगलसेन नगरपालिकाले दियो १ दिन सार्वजनिक बिदा


मंगलसेन नगरपालिका वडा नम्वर १० को जुपुमा लाग्ने चैते दशैं मेलामा जुपु स्वास्थ्यचौकीले स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । मेला स्थलमा प्राथमिक उपचार तथा न्यूनतम स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य चौकीबाट प्राथमिक उपचार सेवा (हेल्थ डेस्क) राखिने भएको हो ।


जुपुको दशैं मेला (चैत्र अष्ठमी) मेला लाइ मध्यनजर गर्दै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु खटेर दिनभर सेवा प्रदान गरिने स्वास्थ्यचौकी ईञ्चार्ज अर्जुन बहादुर बोहराले बताउनुभयो । चैते दशैंको अवसरमा मंगलसेन नगरपालिकाले स्थानीय बिदा दिएको भएतापनि दशैंमेलाको भिडभाडमा हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा प्रदान गरिने ईञ्चार्ज बोहराले बताउनुभयो ।

यसैविच मंगलसेन नगरपालिकाले चैते दशैंको अवसरमा वैशाख ४ गते मंगलसेन नगरपालिका अन्तरगतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको निर्णय मार्फत राजपत्रमा सूचना प्रकाशन गरि स्थानीय बिदा दिईएको नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा हरेक वर्ष राम नवमिको अघिल्लो दिन धुमधाका साथ चैते दशैं मनाईने गरिन्छ ।
