भर्ना अभियानलाई सफल पार्न मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन १, २ र १३ का सवै सामुदायिक विद्यालयहरुमा पुग्ने

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा वार्षिक क्यालेण्डर पनि सार्वजनिकिकरण पनि गरियो

Kirci Gyan Kendra

मालिका सामुदायिक सिकाई केन्द्रकाे आयाेजनामा विद्यार्थी भर्ना अभियान सम्वन्धि समन्वयात्मक वैठक तथा नया वर्ष १०८१ काे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउदकाे अध्यक्षता र वडा अध्यक्ष लाेकराज नाथकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमबाट यस वर्षको विद्यार्थी भर्ना अभियानलाई सफल पार्न नगरपालिकाकाे निर्देशन अनुसार वडानम्वर १, २ र १३ का सवै सामुदायिक विद्यालयहरुमा पुगी समन्वयात्मक वैठक तथा कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । ३ वटै वडाका सवै जनप्रतिनिधिको उपस्थितिमा सिकाई केन्द्रका पदाधिकारी र कर्मचारी सहभागी भएर विद्यार्थी भर्ना सम्वन्धि छलफल, अन्तरक्रिया तथा तथ्यांक संकलन कार्य गरिने भएको छ । वडानम्वर १ र २ मा वैशाख ६ देखि ८ गतेसम्म र वडानम्वर १३ मा वैशाख ११ देखि १५ गतेसम्म अभियान संचालन गर्ने कार्यतालिका बनाईएकाे छ ।

Samajik New Add 2082
Saud Agro Kailash


यसैविच सोही वैठकको अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा सिकाई केन्द्रले प्रकाशन गरेको वार्षिक क्यालेन्डर सार्वजनिकिकरण गरिएको छ । कार्यक्रममा उपस्थित सवैले एक आपसमा शुभकामना आदान प्रदान गरिनुका साथै सिकाई केन्द्रले प्रकाशन गरेको वर्ष २०८१ को वार्षिक क्यालेण्डर (भित्तेपात्रो) सार्वजनिक गरि निशुल्क रुपमा वितरण सुरु गरिएको छ । मालिका सामुदायिक सिकाई केन्द्रका पदाधिकारी, आजिवन सदस्य, सिकाई समूह, सरकारी कार्यालय, जनप्रतिनिधि र सरोकारवालाहरुलाई निशुल्क क्यालेण्डर वितरण गर्ने जनाएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा राना, वडा सदस्य चन्द्रकला जैगडी, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव कमल थापा, सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा र ढुंगानी सिकाई समूहका अध्यक्ष ललि थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सिकाई केन्द्रका सचिव गणेश बहादुर थापाले गर्नुभएको सिकाई केन्द्रका समुदाय कार्यकर्ता निर्मला पाल थापाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.