लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।
समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधरबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रनरेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।

समूहगत चरणको समाप्तिपछि नेपाल आठ अंकसहित पहिलो, हङ्कङ चार अंकसहित दोस्रो, कतार चार अंकसहित तेस्रो, साउदी अरेबिया दुई अंकसहित चौथो र मलेसिया दुई अंकसहित पाँचौँ भए । हङ्कङको नेट रनरेट –०।१२८ र कतारको नेट रनरेट –०।४५३ रह्यो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ७।२ ओभरमा केवल चार विकेट गुमाएर ७५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

नेपालको जितमा गुलसन झाले अविजित ३२ रनको योगदान गरे । उनले केवल १९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । कप्तान रोहित पौडेलले पनि अविजित १६ रन बनाए । उनले सात बलमा एक छक्का र एक चौका प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा १७ रन थपे । उनले नौ बलमा तीन चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले दुई–दुई रन बनाए । ओपनर कुशल भुर्तेल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रूपमा ६ रन पायो । साउदी अरेबियाका बलर ईस्तिक अहमदले दुई विकेट लिए । वाजी उल हसन, उसमान नजिबले पनि एक–एक विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर करण केसी र अविनाश बोहराले दुई–दुई विकेट लिए । ललित राजवंशी र प्रतिस जिसीले पनि एक–एक विकेट हात पारे ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी पहिलो ओभरको दोस्रो बलमै पेभेलियन फर्किएका थिए । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले उसमान नजिबद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले खाता पनि खोल्न सकेको थिएन ।

नेपालले दोस्रो विकेटका रूपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी केवल दुई रन बनाउँदै आउट भएका थिए । उनलाई साउदी अरेबियाका बलर उसमान नजिबले उसमान खालिदद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको दोस्रो बलमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेख आउट हुँदा नेपालले पाँच रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी पाँच बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले बोल्ड गरेका थिए । तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ल आउट हुँदा नेपालले १५ रनमात्र बनाउन सकेको थियो ।

Everest Incitute

नेपालले चौथो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी नौ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई साउदी अरेबियाका बलर वाजी उल हसनले ईस्तिक अहमदद्वारा क्याच गराएका थिए । पाँचौँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपाललाई जितका लागि १८ बलमा २६ रन चाहिएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको साउदी अरेबियाको पहिलो विकेट करण केसीले लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको व्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको थियो ।
साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । २।१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको थियो ।

साउदी अरेबियाको तेस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान वाजी उल हसनलाई तीन रनको व्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । चौथो ओभरको अन्तिम बलमा वाजी उल हसन आउट हुँदा साउदी अरेबियाले ४२ रन बनाएको थियो ।

साउदी अरेबियाको चौथो विकेट प्रतिस जिसीले लिएका थिए । प्रतिसले साउदी अरेबियाका ब्याट्सम्यान अब्दुल वाहिदलाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अब्दुल वाहिदले केवल १६ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ३७ रन बनाएका थिए । ५।४ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले ५५ रन बनाएको थियो ।

साउदी अरेबियाको पाँचौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान कासिफ अब्बासलाई आठ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ६।२ ओभरमा कासिफ अब्बास आउट हुँदा साउदी अरेबियाले ६३ रन बनाएको थियो ।

साउदी अरेबियाको छैटौँ विकेट पनि अविनाश बोहराले लिएका थिए । उनले साउदी अरेबियाका कप्तान हिसाम शेखलाई दुई रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । ६।४ ओभरमा हिसाम शेख आउट हुँदा साउदी अरेबियाले ६४ रन बनाएको थियो । साउदी अरेबियाले सातौँ विकेटका रूपमा भने साद खानलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी अन्तिम ओभरको अन्तिम बलमा रन आउट हुँदै पेभेलियन फर्किएका थिए ।

नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो । त्यसैले खेल आठ–आठ ओभरमा झारिएको थियो ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० ले कम्बोडियाको र ओमानले कुवेताको सामना गर्नेछन् ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.