शैक्षिक सत्र २०८१ का लागि मंगलसेनका विभिन्न सामुदायिक विद्यालयमा भर्ना अभियान जारी

Purnima Mobile
Kirci Gyan Kendra

कमल रावल, बैशाख १० अछाम:-
शैक्षिकसत्र २०८१ मा विद्यालय भर्ना देशभरसँगै मंगलसेन नगरपालिकामा पनी जारी रहेको छ । सरकारले भर्ना अभियानमा २०८१ लाई सफल पार्न सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरिय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारालाई अघि सारेसँगै नगरका विभिन्न विद्यालयले घरदैलो तथा विद्यालयमा पाठ्यपुस्तक वितरण अभियान गरिरहेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन नगरपालिकाले गरेको निर्देशन अनुसार २ गतेबाट सुरु गरेको भर्ना अभियान निरन्तर जारी रहेको छ भने बैशाख १० गतेबाट कक्षा संचालन भइसकेका छन । नगरका विभिन्न टोलमा अझै पनी बालबालिका विद्यालयको पहुचको भन्दा बाहीर रहेको भन्दै यसवर्ष भर्ना अभियान पुर्ण रुपमा सफल पार्न वडामा रहेका सिकाई केन्द्रलाई परीचालन गरिएको मंगलसेन नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दिपक भण्डारीले बताउनु भयो ।

Mellekh RM1

बैशाख २ गतेबाट भर्ना, १० गतेबाट कक्षा सचालन भएको र बैशाख २० गतेभित्र इमिसमा विद्यार्थीको तथ्याक भरिसक्न सबै विद्यालयलाई निर्देशन दिईएको प्राविधिक सहायक भण्डारीले बताउनु भयो ।
यसैबिच मंगला नेरा मावि वलिगाउले विद्यालय भर्ना अभियानलाई निरन्तरता सहित भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । यसवर्ष समयमै पाठ्यपुस्तक पुगेपछी भर्ना भएको बेला नै हात हातमा किताब अभयान अन्तरगत विद्यालयले एक कार्यक्रमका बिच पाठ्यपुस्तक हस्तान्तरण गरेको हो । विद्यार्थीलाई पाठ्यपुस्तक हस्तान्तरण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर रावलले भर्ना हुन बाँकी विद्यार्थीले समयमै भर्ना भइ निरन्तर विद्यालयमा आउन आग्रह गर्नु भयो ।साथै सबै सरोकारवालाको सहभागितामा टोल टोलमा घरदैलो अभियान समेत गरिने जानकारी दिए ।
कार्यक्रम वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्षा पदम बहादुर बोहरा, शिक्षक अभिभावक संघ अध्यक्ष हिक्मत बहादुर रावल लगाएत विव्यस सदस्य, शिक्षक अभिभावक संघ सदस्य, शिक्षक, विद्यार्थीको सहभागिता रहेको विद्यालयका लेखापाल कमल रावलले जानकारी दिनु भयो ।
उता भर्ना अभियानलाई सफल पार्नका लागि मोती राम सामुदायिक सिकाइ, केन्द्र विद्यालय तहमा लागिरहेको सिकाई केन्द्रका अध्यक्ष भरत सोडारीले बताउनु भयो । हाल वडा नम्बर १० र ११ का सामुदायिक विद्यालयमा अभियान गरिएको सोडारीले जानकारी दिए । मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेनले वडा नम्बर १, २ र १३ का सवै सामुदायिक विद्यालयहरुमा पुगेर भर्ना अभियान सफल पार्न जनप्रतिनिधि सहित सिकाई केन्द्रका पदाधिकारी खटिएको अध्यक्ष होम बहादुर साउदले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.