
कमल रावल, बैशाख १३ अछामः

मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारीले शैक्षिक गुणस्तर बृद्धिका लागि त्रिपक्षिय सम्बन्ध कसिलो हुनुपर्ने बताउनु भएको छ । अभिभावक, शिक्षक र विद्यार्थीले एकमत भएर अघि बढे शैक्षिक गुणस्तर सुधार हुदै जाने बताउनु भयो ।

विद्यार्थी भर्ना अभियान अन्तरगत मंगला नेरा मावि वलिगाउमा भएको भर्ना अभियान तथा पुस्तक वितरण कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रावलले बसाईसराईले गर्दा विद्यालयमा बालबालिकाको सख्या न्युन हुदै गएकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन सबैले लाग्नुपर्ने बताउनु भयो ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रेखा रावल, वडा सदस्य दिपक रावल, मथुरा दमाइ, विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष हिक्मत बहादुर रावल, विद्यालयका प्रअ मिन बहादुर भण्डारी, धुम्रलोचनी आधारभुत विद्यालयका प्रअ मोहन रावल र सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राईलु गिरी अतिथि रहनु भएको थियो ।
सगरमाथा सामुदायिक सिकाई केन्द्रको आयोजना र मंगलसेन नगरपालिकाको प्राविधिक सहयोगमा भएको कार्यक्रमको संचालन विद्यालयका लेखापाल कमल रावलले गर्नु भएको थयो ।

