
अछामको ढकारी गाउँपालिका वडा नम्वर ८ मा रहेको एक पोल्टी फर्मममा आगलागी हुदा लाखौको क्षति भएको छ । आईतबार दिउसो स्थानीय युवाहरु पदम देवकोटा र परिलाल चौलाईले संचालन गरेको शमशेर प्रतिक्षा पोल्टी फर्ममा आगलागी हुदा २२ लाख बरारबको क्षति भएको पिडितहरुले बताएका छन ।


दुईवटा घर निर्माण गरि राखेका १२ सय कुखुराहरु आगलागीमा परि जलेर खरानी भएका छन भने घर सहित सामाग्रीहरु समेत जलेको फर्मका संचालक पदम देवकोटाले बताउनुभयो । उक्त फर्ममा ११ सय ब्रोईलर कुखुरा थिए भने १ सय वटा कटकनाथ जातको कुखुरा रहेको बताईएको छ । आईतबार दिउसो एक्कासी फर्मको तल बाट आगो आई घर सहित कुखुराहरु जलेपछि आफुहरु सडकमा आएको देवकोटाको दुखेसो छ । तराई घर लगाउने पैसा कुखुराको फर्मममा लगानी गरेको र लगानी गरेको छोटो समयमै आगलागी भएर सबै कुखुराहरु नष्ट भएपछि अब कसरी दैनिकी चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको देवकोटाको भनाई छ । आफ्नो घर परिवार पाल्ने यहि पसल थियो आगोले खरानी बनाई दिएपछि आफ्ना सपनाहरु चकनाचुर भएको भन्दै देवकोटाले आफुहरुलाई राहतका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभएको छ ।

आफ्नै गाउँ ठाउमा व्यवासायी गरि केही गरौ भन्ने सोच थियो तर यहा गर्ने वातवरण नै नभएको युवाहरुको दुखेसो थियो । ऋण कर्ज गरेर पसल संचालन गरियो अब बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको संचालक पदम देवकोटाले दुखेसो गर्नुभएको भएको छ ।



