मंगलसेन १ रक्तुमा लैंगिक हिंसा रोकथाम सम्वन्धि अन्तरक्रियाः हिंसा न्यूनिकरणमा सवै प्रतिवद्ध हुनुपर्ने नगर उपप्रमुख रावलको भनाई

Kirci Gyan Kendra

लैंगिक हिंसा रोकथाम सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिका १ को रक्तुमा सम्पन्न भएको छ । यु. एन. एफ. पीए. को आर्थिक सहयोग र भि एस ओ तथा पीसविन नेपालको साझेदारीमा संचालित लैंगिक विभेदमा आधारित हिसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तरगत कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा अध्यक्ष लोकराज नाथको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख रावलले हिंसा न्यूनिकरणमा सवै प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । हिंसाका कारण बढिजसो महिलाहरु शारिरीक र मानसिक रुपमा समस्यामा पर्ने गरेको भन्दै हिंसा नहुने बातावरण बनाउनका लागि महिला पुरुष सवै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले लैंगिक हिंसाका घट्ना भएमा वडामा रहेको मेलमिलाप केन्द्रमा जान र त्यहाँ समाधान हुन नसकेमा न्यायीक समितिमा खबर गर्न आग्रह गर्नुभयो ।

कार्यपालिका सदस्य हंश थापा, मंगलसेन ६ का वडा सदस्य दुर्गा प्रसाद भण्डारी, मालिका आधारभूत विद्यालयका विव्यस अध्यक्ष मिन राज नाथ, प्रधानाध्यापक पम्फा रावल, पीसविनका सहजकर्ता बिर्ख रावल र सामुदायिक मनोसामाजिक कार्यकर्ता सरस्वती बुढा लगायतका अतिथि रहनुभएको कार्यक्रममा मंगलसेन नगरपालिका स्वास्थ्य शाखाका सिनयर अनमी निरिक्षक ज्ञानु माझी र सिपिएसडब्लु संयोजक पानसरा रावलले लैंगिक हिंसा रोकथाम तथा लैंगिक रुपान्तरण पद्धतिका बारेमा सहजिकरण गर्नुभएको थियो । ४५ जना स्थानीयको सहभागीता रहेको अन्तरक्रियामा नगरपालिकाका एमआईएस अपरेटर होम साउदले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै आधारभूत विषयवस्तुको जानकारी गराउनुभएको थियो भने संचालन मंगला नेरा मावि ओलिगाउँका लेखापाल कमल रावलले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.