मालिका आधारभूत विद्यालय मंगलसेन १ रक्तुमा विद्यार्थि भर्ना अभियान सम्वन्धि समन्वयात्मक कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

विद्यार्थि भर्ना अभियान २०८१ सम्वन्धि समन्वयात्मक कार्यक्रम मालिका आधारभूत विद्यालय मंगलसेन १ रक्तुमा सम्पन्न भएको छ । विद्यार्थि भर्ना अभियानलाई सफल पार्ने उदेश्यका साथ मालिका सामुदायिक सिकाई केन्द्रद्धारा कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन राज नाथको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयहरुलाई भर्ना अभियानमा सघाउँदै सामुदायिक सिकाई केन्द्रले राम्रो काम गरिरहेको बताउनुभयो । बालबालिकाको भविष्यप्रति अभिभावकले सोच्नुपर्ने भन्दै उहाँले विद्यालयले गुणस्तरिय शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो । सवैले आफ्ना नानीबाबुहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

Saud Agro Kailash

कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका वडा नम्वर १ का अध्यक्ष लोकराज नाथले विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धिका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा, वडा नम्वर ६ का वडा सदस्य दुर्गा प्रसाद भण्डारी, मंगलसेन नगरपालिका सिनियर अनमी निरिक्षक ज्ञानु माझी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउद, सिपिएस डब्लु संयोजक पानसरा रावल, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल, मंगला नेरा माविका लेखापाल कमल रावल, शिक्षक धोज बहादुर बिष्ट, पीसविनका सहजकर्ता बिर्ख रावल, सामुदायिक मनोसामाजिक कार्यकर्ता सरस्वती बुढा, पूर्व प्रधानपञ्च पहराम राना लगायत अभिभावक र विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन मालिका सामुदायिक सिकाई केन्द्रका समुदाय कार्यकर्ता निर्मला पाल थापाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.