वलिगाउमा सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि सुगालिलाई

मंगलसेन नगरमा हुने क्रिकेट प्रतियोगिताले प्रतिभा पहिचान हुन्छः प्रशासकीय अधिकृत सोडारी

Kirci Gyan Kendra

कमल रावल जेठ १ अछाम
जिल्लाको वलिगाउमा सम्पन्न १५ औं जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ सुगालिले हात पारेको छ । फाईनल खेलमा आयोजक मंगला विकास क्लब वलिगाउलाई ७ रनले पराजित गर्दै सुगालिले हात पारेको हो ।

Samajik New Add 2082

टस जितेर पहिले व्याटिग गरेको सुगालिले निर्धारित १२ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । जवाफ लक्ष्य पछ्याएको आयोजक वलिगाउले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाएको थियो ।

उपाधि जितेको सुगालिले नगद ७१ हजार सहित कप मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको वलिगाउले नगद १० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा प्रतियोगिता अवधिभर उत्कृष्ट व्याटिग गरेका आयोजकका पारश सुनारले म्यान अफ द सिरिज हात पारे भने फाईनल खेल खेलाएका अम्पायर मान बहादुर खत्री
र सौगत रावललाई पुरुस्कार प्रदान गरिएको थियो । बैशाख २६ गतेबाट संचालन भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।

Saud Agro Kailash

यसैविच:-

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले भावनात्मक सेतु जोडने रसि खेल भएको बताउनु भएको छ । हरेक खेलाडीको सम्बन्ध जिल्लामा भईरहने प्रतियोगिताले जोडने भएकाले यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

वलिगाउमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रमुख अतिथि सोडारीले नगरमा क्रिकेट प्रतियोगिता गर्न मैदान नभएपनि मंगला विकास क्लबको अथक प्रयासमा १५ वटा प्रतियोगिता भएकोमा प्रशंसा गर्नु भयो ।

आगामी दिनमा नगरमा उत्कृष्ट खेलाडी सम्मानमा समेत यस्ता प्रतियोगिताले टेवा पुग्ने बताए । मंगला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्ष पदम बहादुर बोहरा, १० का अध्यक्ष जनक बहादुर कुवर, मंगलसेन नगरपालिका सुचना प्रविधि अधिकृत पौरख कुमार बोगटी, एमाआईएस अपरेटर दिल बहादुर केसि, एमाले नगर कमिटी सदस्य चक्र बहादुर रावल, अनेरास्ववियु जिल्ला सचिव जगत भण्डारी, स्वास्थ्य चौकि ईन्चार्ज भरतराज जोशि लगाएतका अतिथि रहनु भएको थियो ।

क्लबका उपाध्यक्ष राजेन्द्र रावलको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको संचालन सचिव श्याम सुन्दर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.