मंगला नेरा मावि वलिगाउमा बालक्लब र जुरेस पुर्नगठन

Kirci Gyan Kendra

जेठ ११ अछामः
मंगला नेरा मावि मंगलसेन नगरपालिका ९ वलिगाउ अछाममा विद्यालय स्तरमा गठित बालक्लब र जुरेस/युरेस समितिलाई पुर्नगठन गरिएको छ । बालक्लबका अध्यक्ष एलिशा बोहराको अध्यक्षतामा भएको भेलाले सन्तोष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय बालक्लब र नितिका बिष्टको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

बालक्लबको उपाध्यक्षमा दिलिप देवकोटा, सचिव नितिका बिष्ट, कोषाध्यक्ष निरुता कडायत लगाएतका सदस्य रहेका छन । त्यसैगरी रेडक्रस सर्कलको उपाध्यक्षमा अविशेक रावल, सचिव निवन जोशी, सहसचिव सपना बोहरा र कोषाध्यक्ष अरुणा रावल लगाएतका सदस्य रहेका छन ।

गठन कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा अछामका सदस्य तेज बहादुर रावल, विद्यालयका प्रअ मिन बहादुर भण्डारी, रेडक्रस वलिगाउ उपशाखा सदस्य कम्मान सिह वड लगाएत शिक्षक विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन शिक्षक रेबन्त बहादुर बिष्टले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.