कात्यायनी मावि हात्तिबाँझमा शैक्षिक गुणस्तर बृद्धिका लागि परिणाम देखिने गरि काम गरिने 

कमलबजार नगरपालिका वडा न ६ हात्तिबाझका अभिभावक तथा सरोकारवालाहरुले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि परिणम देखिने गरि कामगर्ने प्रतिबद्धता जनाएका छन । अहिले सम्म एक अर्कालाई आरोप मात्रै लगाउने थलोको रुपमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने बताएका हुन ।

कात्यायनी माध्यामिक विद्यालय कमलबजार नगरपालिका वडा न ६ हात्तिबाझले आयोजना गरेको शैक्षिक अन्र्तक्रिया तथा अभिभावक भेलामा बोल्ने अधिकांश सरोकारवालाले अभिभावकले शिक्षकलाई र शिक्षकले अभिभावकलाई दोष दिने प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । यसमा हामी सबैको उतिकै दायीत्व रहेकोले आ आ आफ्नो कर्तव्य पालना गर्न जरुरी छ त्यसका लागि सुरुवात आफैबाट गर्नुपर्ने र त्यसका लागि दृढताका साथ लाग्ने अभिभावक तथा शिक्षकहरुले प्रतिबद्धता जनाएका छन । अन्तरक्रिया कार्यक्रममा सहभागि अभिभावहरुले अब देखी आफ्ना छोराछोरीहरुलाई नियमित विद्यालय पठाई घरमा पढ्ने वातावरण सृजना गर्ने प्रतिबद्धता जनाएका थिए भने शिक्षकहरुले पनि विद्यालय भित्र आएका विद्यार्थिको पढाईमा विशेष ध्यान दिने र आफुले अध्यापन गराउने विषयमा कमजोर भएका विद्यार्थिहरुको पहिचान गरि थप शिक्षामा जोड दिने बताएका छन ।

विद्यालयका प्रधानाध्यापक टोपेन्द्र कुमार शाहीले विद्यालयको तर्फबाट गुणस्तरिय शिक्षा दिने कुरामा आपुहरु प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयमा शिक्षकहरु पनि नियमित विद्यालय आईरहेको र पछिल्लो समयमा धेरै कुरामा सुधार पनी भईरहेको हुदा अभिभावकहरु पनि जिम्मेवार भईदिनुपर्ने बताउनुभएको छ ।  विद्यालय व्यवस्थापन सममितिका लाल बहादुर शाहको अधयक्षतामा भएको कार्यक्रममा बोल्दै वडा न ६ का अध्यक्ष लाल बहादुर शाहले हामीले गफ मात्रै गर्ने तर ब्यवहारमा लागु नगर्ने मसस्या बढेकाले अब बोलेको कुरा लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिले सबैले धेरै कुरा जानेको तर ब्यवहारमा लागु नगर्दा मात्रै समस्या बढेकाले अब बाहाना बनाएर पन्छीन नमिल्ने बताउनुभयो ।

Everest Incitute

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै मंगलसेन नगरपालिका वडा न १२ का अध्यक्ष खकेन्द्र बहादुर रावलले कात्यायनि माध्यामिक विद्यालयले प्राविधिक धारका विषय पढाउने उदेश्यले महायज्ञको आयोजना गरेको हुदा यसले साथर्कता पाएमा यस क्षेत्रका नागरिकहरुलाई धेरै कुरामा सहज हुने बिश्वाश ब्यक्त गर्नुभएको छ । अरुको गल्ती मात्रै औल्याउने तर आफ्नो गल्ती नदेख्ने प्रवृति बढेकाले यसकोे अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । यो विद्यालयले जुन उदेश्य लिएर विद्यालयमा धार्मिक ज्ञान विज्ञान महा महोत्सव सुरु गरेको छ सोही उदेश्य अनुरुपनै आफ्ना गतिविधिहरु पारदर्शि ढंगले अघि बढाउन सुझाव दिनुभएको थियो ।

शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यालयका अभिभावक तथा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर बहादुर शाहीले शिक्षा क्षेत्रका समस्या समाधान गर्नका लागि मसिनो ढंगले छलफल गरि यो शैक्षिक क्षेत्र बाट सबै सुध्रिन आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा अहिलेको अवस्था सृजना हुनुको पछाडी कर्तव्य पालना नगर्नु प्रमुख कारण बनेको हुदा यसको गुदी कुरामा बहस गर्न आवश्यक रहेको अध्यक्ष शाहीको भनाई थियो । यस भन्दा अघि यस विषयमा थुप्रै पटक बहस र छलफल गर्यो अब पनि हामीले ध्यान नदिने हो भने हाम्रो पुस्ता धेरै पछाडी धकेलिने नेता शाहीको भनाई थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्वर १२ का पुर्व अध्यक्ष प्रेम बहादुर रावल, पुर्व जनप्रतिनिधि कलम बहादुर शाही, नेपाली काग्रेसका दान बहादुर शाही, एमालेका राम बहादुर शाही, वडा सदस्य प्रेम बहादुर शाही, युवा बिरेन्द्र बहादुर शाही, महिला प्रतिनिधि कृष्णा कुमारी शाही लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधिको बारेमा शिक्षक भिम बहादुर शाहीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक चक्र बहादुर बिष्टले गर्नुभएको थियो । कार्यक्रममा विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा विद्यालयले आयोजना गरेको कात्यायनी हात्तीबाझ ज्ञान विज्ञान धार्मिक महामहोत्सवको आयव्याय पनि सार्वजनिक गरिएको थियो । बैशाख २१ गते देखी २८ गते सम्म संचालन भएको महायज्ञ बाट ६३ लाख ३४ हजार २ सय २ रुपैया आम्दानी हुदा २३ लाख २३ हजार ६ सय २८ रुपैया खर्च भएको छ भने विद्यालयलाई ४० लाख १० हजार ५ सय ७४ रुपैया बचत भएको विद्यालयका प्रधानाध्यापक टोपेन्द्र कुमार शाहीले जानकारी दिनुभएको छ । संकलित रकम विद्यालयको समग्र विकासका लागि खर्च गरिने प्रधानाध्यापक शाहीको भनाई छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.