मंगलसेन नगरपालिकाका ७ वडालाई एकैदिन पूर्ण खाेप सुनिश्चित वडा घाेषणा गरियाे

मंगलसेन नगरपालिकाका विभिन्न ७ वटा वडालाई पूर्ण खाेप सुनिश्चितता तथा दीगाेपना वडा घाेषणा गरिएको छ । आज एकैदिन वडानम्वर ४, ५, ६,७,२, ९ र ११ लाई वडा खाेप समन्वय समितिकाे आयाेजनामा फरकफरक कार्यक्रमका विच पूर्ण खाेप सुनिश्चित वडा घाेषणा गरिएको हाे ।

सवै वडामा आयाेजित कार्यक्रममा वडा खाेप समन्वय समिति पदाधिकारी, राजनीतिक दल, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा सराेकारवाला र महिला स्वंसेवीकाकाे उपस्थिति रहेको थियो । सहभागी सराेकारवालाहरुले पूर्णखाेेप सुनिश्चितताका लागि प्रतिवद्दता जनाउनुका साथै स्वास्थ्य क्षेत्रका सवैखाले गतिविधिमा आफ्नो तर्फबाट सहयोग गर्ने बताएका छन ।

यसैबीच वडानम्वर ५ मा भएको कार्यक्रममा वडा अध्यक्ष झंकर प्रसाद भाटले कार्यक्रमकाे अध्यक्षता गर्नुभएको थियोे भने नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उपप्रमुख रावलले नगर क्षेत्रका महिला, बालवालिका, जेष्ठ नागरिक र सम्पूर्ण नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि नगरपालिका प्रतिवद्द रहेकाे बताउनुभयो ।

यस्तै  कार्यक्रमका अतिथि नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आधारभूत कार्यक्रम तय गरि लागू गरिरहेकाे बताउनुभयो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र ईञ्चार्ज नर बहादुर बिष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे संचालन वडानम्वर ५ का सचिव उर्मिला जिसीले गर्नुभएको थियाे ।

नगरपालिकाका बाँकी रहेका वडाहरुलाई पनि छिट्टै पूर्णखाेप सुनिश्चितता तथा दीगाेपना वडा घाेषणा गरिने जनाईएकाे छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.