नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाई अछामको अध्यक्षमा खड्का निर्वाचित 

Kirci Gyan Kendra

नेपाल बार एसोसिएसन अछाम जिल्ला अदालत बार इकाई अछामको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार मंगलसेनमा भएको संस्थाको ९ औ साधारण सभाबाट अधिवक्ता खडग बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

Samajik New Add 2082

नयाँ समितिको उपाध्यक्षमा ज्ञानेन्द्र बहादुर रावल, सचिव गणेश प्रसाद ढुंगाना, कोषाध्यक्ष गंगाराम बोगटी, सदस्य कृष्ण प्रसाद ढुंगाना, मिन बहादुर शाह, बल बहादुर कुवँर, चंख बहादुर साउद लगायतका पदाधिकारी रहेका छन ।

Saud Agro Kailash

कार्यक्रममा अध्यक्षको जिम्मेवारी सम्हाल्दै नव निर्वाचित अध्यक्ष खड्काले आम नागरिकहरुलाई न्यायको अनुभुति दिने गरि अछाम बारले काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अहिले न्यायको लागि लड्ने व्यक्तिहरु प्रति आम नागरिकहरुको विश्वाश घट्दै गएको भन्दै अध्यक्ष खड्काले नागरिकले विश्वाश गर्ने गरि न्याया निरुपणका कामहरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आर्थिक अवस्था कमजोर भएका नागरिकहरुको लागि वैतनिक वकिलको माध्यामबाट पनि न्याय दिने प्रतिबद्धता दोहोर्याउनु भएको थियो । बार एसोसियसन अछामले यसभन्दा अघिपनि जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानमा नेतृत्वदायी भुमिका खेल्दै आएको भन्दै आगामी दिनमा यी गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताउनुभयो । बारका गतिविधिहरुमा सृजनशिलता ल्याउन जिल्लाका सरोकारवालाहरु संग प्रभावकारी ढंगले समन्वय गर्दै अघि बढ्ने अध्यक्ष खड्काको भनाई छ । नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिनुहुदै जिल्ला न्यायाधीश प्रकाश ढुंगानाले बारलाई चलायमान बनाई नागरिकलाई न्यायको अनुभुति दिनेगरि काम गर्न सुझाव दिनुभएको छ । अदालत र बार बिचको सम्बन्ध प्रगाढ बनाउदै एक बलियो नागरिक संगठनको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अदालतका श्रेस्तेदार शंकर प्रसाद अधिकारी, जिल्ला न्यायाधीवक्ता खडक खड्का, अधिवक्ता तथा तुर्माखाद गाउँपालिका पूर्व अध्यक्ष पुष्पराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.