मंगलसेन १३ बाडाका अग्नी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

Mangala School 2081 subhakamana

मंगलसेन १३ बाडामा गत बैशाख १२ गते घरमा आगलागी भई घर सहित सबै जलेर नष्ट भएका अग्नी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वडाका केही समाजसेवीहरुको पहलमा देश तथा विदेश बाट संकलन भएको रकम बुधबार मंगलसेनमा एक कार्यक्रमको आयोजनागरि हस्तान्तरण गरिएको हो । स्थानीय समाजसेवी टेक बहादुर धामी, रमेश धामी, मिन बहादुर धामी र सर्प बहादुर धामीको पहलमा संकलन भएको तिन लाख ६ हजार ४ सय २८ रुपैया हस्तान्तरण गरिएको हो । अग्नी पिडित पदम धामी, उदय धामी र महेन्द्र धामीलाई नगर प्रमुख बोहराले चेक हस्तान्तरण गर्नुभएको अभियान्ता टेक बहादुर धामीले बताउनुभयो । देश विदेश बाट दाजुभाई, आफन्त र ईष्ट मित्रले दिएको सहयोग सबै सरोकारवालाको उपस्थितिमा हस्तान्तरण गरि दिदा पारदर्शि समेत हुने भएकाले मंगलसेनमा एक कार्यक्रमको आयोजनागरि रकम हस्तान्तरण गरिएको धामीको भनाई छ । कार्यक्रममा मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नाम सिं धामी, वडा न १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, शिक्षक कर्ण बहादुर धामी, तेज बहादुर थापा लगायत अग्नि पिडितहरुको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.