मंगलसेनका अपांगता भएका नागरिकलाई बाख्रा वितरण

मंगलसेन नगरपालिकाका विभिन्न वडाका अपांगता भएका नागरिकलाई बाख्रा वितरण गरिएको छ । मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग र अपांग समुह मंगलसेको समन्वयमा ८ वटा वडाका अपांगता भएका ब्यक्तिलाई बाख्रा वितरण गरिएको हो ।

Everest Incitute

वडा न २, ६, ७, १०, ११ र १४ का ग र घ वर्गका अपांगता भएका व्यक्तिलाई आय आर्जनमा सहज बनाउने उदेश्यले ८ जनालाई १६ वटा बाख्रा वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिशाखा प्रमुख मञ्जु महतले बताउनुभयो । अघि बर्ष अन्य वडाका अपांगता भएका नागरिकलाई वितरण गरिएको र बाकी रहेका वडा नागरिकलाई यस बषै वितरण गरिएको जानकारी गराउनु भएको थियो ।

अपांगता भएका व्यक्तिहरु अन्य ठुलो काम गर्न नसक्ने भएकाले बाख्रा पालन गरि आफ्नो सामान्य घर खर्च चलाउन सहज बनाउने आफुहरु उदेश्य रहेको भन्दै यसको प्रभावकारीता बढ्ने विश्वाश ब्यक्त गर्नुभएको छ । यसरी दिएका बाख्राहरु काटेर खाने, बेचीदिने समस्या छ यसलाई न्युनिकरण गर्न के गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाले वितरण गरिएका बाख्राहरुको अनुगमनका लागि एक समिति बनाई पटक पटक अनुगनम गरिने बताउनु भएको छ । विगतमा पनि यस्ता समस्याहरु देखिएकाले अब यसो हुन नदिन अनुगमनको पाटोलाइ प्रभावकारी बनाईने शाखा प्रमुख महतको भनाई छ ।

बाख्रा वितरण कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न १४ का अध्यक्ष शिव बहादुर सोडारी, अपांग समुहका अध्यक्ष रुद्र बहादुर बीक लगायत लाभग्राहीको सहभागिता रहेको थियो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.