राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्धारा अस्पतालका विरामीलाई फलफुल वितरण

Purnima Mobile
Kirci Gyan Kendra

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो १९ औ स्थापना दिवसको अवसरमा आयोजनो गरेको फलफुल वितरण गरेको छ । दिवसको अवसरमा जिल्ला अस्पताल अछामका २५ जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

Samajik New Add 2082

विरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै महासंघले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको महासंघका अधयक्ष चन्द्र प्रसाद ढुंगानाले बताउनुभयो । महासंघले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा यस्ता रचनात्मक गतिविधिहरु गर्दै आएको रास्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल केन्द्रिय कमिटि सचिव सुदुरपश्चिम प्रदेश ईन्चार्ज एवं नेकपा (एमाले) अछाम जिल्ला कमिटि सदस्य सिद्ध प्रसाद ढुंगानाको भनाई छ ।

Mellekh RM1
Saud Agro Kailash

फलफुल वितरण पछि आयोजना गरिएको कार्यक्रममा बोल्दै पुर्व सांसद यज्ञ बहादुर बोगटीले जिल्ला अस्पताल अछामको विकासमा राज्यले उदासिनता देखाएको बताउनुभएको छ । स्वास्थ्य जस्तो वेदन कुरामा राज्य गम्भिर नहुदा आज अछाम जस्ता विकट जिल्लाका स्वास्थ्य संघस्थाका संरचनाहरु गतिलो नभएको बताउनुभयो । राज्यको सबैभन्दा ठुलो लगानी स्वास्थ्यमा छ तर समानुपातिक ढंगले बजेट बिनियोजन नहुदा अछाम जस्ता विकट जिल्लाका स्वास्थ्य संस्थाहरुका भौतिक संरचनाहरु निकै कमजोर हुने र त्यही कारणले पनि यस क्षेत्रका नागरिकहरुले गुणस्तरिय स्वास्थ्य सेवा नपाउने समस्या बढेको बताउनुभयो ।

आफु सांसद भएको बेला अस्पतालको भवन निर्माणका लागि पहल गर्दा एमाले नेतृत्वको सरकार ढल्दा परिणमा आउन नसकेको भन्दै उहाले अहिले देशमा गठनबन्धनको सरकार भएकाले आफुहरुले निरन्तर पहल गर्दा वर्तमान सरकार बाट केही आश्वाशन प्राप्त भएको जानकारी गराउनु भएको थियो । अस्पतालको ५० करोड बराबरको भवन निर्माणका लागि आवश्यक प्रकृया अघि बढेकाले चाडै काम सुरुहुने विश्वाश व्यक्तगर्नुभएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर चन्द्र शेखर यादवले गतिलो भौतिक संरचना नहुदा सेवा प्रवाह गर्न कठिनाई भएको र समस्याका बाबजुद पनि यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवाई दिईरहेको बताउनुभयो । गतिलो संरचना नहुदा गुणस्तरिय स्वास्थ्य सेवा दिन कठिनाई भईरहेकाले यसका लागि जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालाले पहल गर्नुपर्ने प्रमुख डाक्टर यादवको भनाई छ ।

फलफुल वितरण कार्यक्रममा नेकपा एमालेका प्रदेश कमीटी सदस्य डिबी साउद, जिल्ला कमीटी सचिव भिम रावल, जिल्ला कमीटी सचिवालय सदस्य नरेश कुमार शाही, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी,पुर्व उप प्रमुख सरिता उपाध्याय, स्वास्थ्यकर्मी महासंघका सिद्ध प्रसाद ढुंगाना, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, निजामति कर्मचारी संगठन अछामका अध्यक्ष बिष्णु प्रसाद जैशी, डाक्टर अनमोल थापा लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महासंघका जिल्ला अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.