किशोरीले उठाएका सवालमा आफ्नो गम्भिर ध्यानाआकर्षण भयो गाउँपालिका अध्यक्ष बिसी

Purnima Mobile
Kirci Gyan Kendra

अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले किशोरीहरुले उठाएका सवालमा आफ्नो गम्भिर ध्यानआकर्षण भएको बताउनु भएको छ । किशोरीहरुले घर परिवार र समुदायमा अहिलेपनि विभिन्न किसिमका समस्याहरु भोगी रहेको गुनासो गरेकाले उनीहरुले उठाएका सवाल माथि आगामी दिनमा व्यापक रुपमा छलफल र समिक्षाको विषय बनाईने बताउनुभयो ।

Samajik New Add 2082

सोमबार पालिकामा आयोजना गरिएको उपाध्यक्ष किशोरी सचेतना कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिसीले किशोरीहरुले भोगी रेहका समस्याहरु समाधान गर्नका लागि वडा तथा टोल स्तरमा छलफल गरिने र विभिन्न कुरितिको नाममा दुख्ख दिने अभिभावकलाई कार्बाही गर्ने समेत चेतावनी दिनुभएको छ । घरमा छोरा र छोरी विच विभेद गर्ने र कतिपय अभिभावकहरुले छाउपडी कुप्रथाका नाममा घरभन्दा बाहिर असुरक्षित ठाउमा राखेर हिंसा गरिरहेकाले त्यस्ता घर परिवारको पहिचान गरिने बताउनुभयो ।

Mellekh RM1

कार्यक्रममा सहभागि किशोरीहरुले कतिपय विद्यालयमा सेनेटरी प्याड गुणस्तर नभएको, शौचालय राम्रो नभएको, विद्यालयमा खानेपानीको समस्या भएको र शिक्षकहरुले लापरबाही गर्ने गरेको गुनासो गरेपछि अध्यक्ष बिसीले यसको प्रभावकारी ढंगले अनुगमन गरिने भएकाले कुनै ठाउमा यस्तो कमजोरी देखिएको छ भने तत्काल सुधार गर्न आवश्यक निर्देशन दिईने समेत प्रतिबद्धता जनाउनु भएको थियो । किशोरीहरुमा पनि उमेरै नपुगी बिहे गर्ने गलत परम्पराको विकास भएकोमा चिन्ता व्यक्त गर्दै उहाले किशोरीहरुले आफ्नो भविष्य बनाउन तर्फ जोड दिनुपर्ने सुझाव दिनुभएको छ । किशोरीहरुका समस्याहरु समाधान गर्नका लागि पालिकाको तर्फबाट आवश्यक सबै सहयोग गर्न आफु तयार रहेको गाउँपालिका अध्यक्ष बिसीको प्रतिबद्धता छ ।

Saud Agro Kailash

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बीमला शाहीले किशोरीहरुका आन्तरिक समस्याहरुको पहिचान गर्ने उदेश्यले उपाध्यक्ष किशोरी सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा सहभागि किशोरीहरुले निकै संवेदनशिल कुराहरु उठाएकाले आगामी बर्षको बजेट किशोरीरुले उठाएका सवाललाई सम्बोधन गर्ने गरि योजना बनाउने प्रतिबद्धता जनाउनु भएको छ । आज किशोरीहरु भोलीका असल र सक्षम आमा भएकाले उनीहरुले अहिले भोगी रहेका समस्याहरु समाधान हुने गरि कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ । आगामी बर्ष पालिकाका ८ वटै वडामा पुगेर किशोरी, अभिभावक र अन्य सरोकारवालालाई एकै ठाउमा राखेर किशोरीका सवालका बारेमा बृहत रुपमा छलफल गरिने बताउनुभयो । किशोरीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको भन्दै यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने उपाध्यक्ष शाहीको भनाई छ ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले किशोरीका क्षेत्रमा हाल सम्म गरेका कामहरुका बारेमा जानकारी गराईनुका साथै आगामी दिनमा गर्ने योजनाहरुको बारेमा समेत जानकारी गराईएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जनक थापाले जानकारी दिनुभएको छ । सोही कार्यक्रममा बीमला बुढाको अध्यक्षतामा ११ जनाको पालिका स्तरिय किशोरी समुह समेत गठन गरिएको छ । समुहको उपाध्यक्षमा रमिता चलाउने, सचिव गायत्री न्यौपाने, सहसचिव झरना बयक, कोषाध्यक्ष उर्मिला बुढा लगायतका ११ जनाको कमीटी गठन गरिएको छ ।

यो समुहले पालिका संग समन्वय गरेर किशोरीहरुका सवालका बारेमा सरोकारवाला संग अन्र्तक्रिया र छलफल गर्ने शाखा प्रमुख थापाले बताउनुभयो । वडा न ४ को सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण महिला अधिकारकर्मी मनकला न्यौपानेले गर्नुभएको थियो भने संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जनक थापाले गर्नुभएको थियो ।

कार्यक्रममा वडा न ३ का अध्यक्ष कसीराम बुढा, वडा न ७ का अध्यक्ष भिम बहादुर चलाउने, वडा न ८ का अध्यक्ष निरक बहादुर शाही, कार्यपालिका सदस्य झंकर नेपाली, सुनीता शाही, कालिकेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यपक मनिराम बुढा, विन्द्रासैनी मावि रहफका प्रधानाध्यापक हरिचन्द्र शाही लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.