
मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले विपद बाट हुने क्षति न्युनिकरणका लागि हरेक नागरिक सचेत हुनुपर्ने बताउनु भएको छ । बर्षा याम सुरु भईसकेकाले यो बेला धेरै ठुला विपदका घट्नाहरु घट्न सक्ने भन्दै नगर प्रमुख बोहराले हरेक घर परिवार तथा व्यक्तिले यस बाट बच्ने उपाय सहित आवश्यक सतर्कता अपाउनुपर्नेमा जोड दिनुभएको छ ।

मौसम विदका अनुसार यसपालि अघिल्लो बर्ष भन्दा बढि पानीपर्ने र धेरै घरधुरीहरु प्रभावित हुने पुर्व आकलन समेत गरिएकाले यस्तो बेला सबैले आ आफ्नोे जिउधनको सुरक्षामा ध्यान दिन आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई रहेको छ । पालिकामा रहेको वन वातावरण तथा विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै नगर प्रमुख बोहराले प्राकृति प्रकोप त हामी रोक्न सक्दैनौ हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो तर विपद बाट कसरी जोगीने र घट्ना भईहाले यसबाट मानविय क्षति हुन नदिन के गर्न सकिन्छ भन्ने विषयामा अहिले नै सतर्कता अपनाउन आवश्यक रहेको बताउदै त्यसका लागि पालिकाका सबै समयन्त्र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभएको छ ।


विगतका बर्षहरुमा अछाम जिल्लाका बर्षा यामको समयमा बाढि र पहिरो बाट धेरै ठुलो धनजनको क्षति भएको स्मरण गर्दै नगर प्रमुख बोहराले त्यस्ता अप्रिय घट्नाहरु हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सकर्तकता अपनाउन सके मात्रै विपद बाट हुने क्षति न्युनिकरण हुने विश्वाश व्यक्त गर्नुभएको छ । अछाम जिल्लामा धेरै पालिकाहरु विपदको धेरै ठुलो जोखीममा रहेकाले यसका लागि वडा तहमा सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाको भनाई रहेको छ ।
अछाम जिल्लामा पनि केही दिन भित्रै मनसुन सकृय हुने भन्दै यो बेला ठुल ठुला घट्नाहरु घट्न सक्ने भएकाले आवश्यक सावधानी अपनाएर बसेको खण्डमा धेरै कुराहरु बाट जोगीन सकिने बताउदै यसका लागि सबै घर परिवार अहिले नै सचेत हुनुपर्ने बताउनुभयो । बैठकले पालिकाका विभिन्न वडा बाट आएका विपदजन्य घट्ना बाट भएको क्षति सम्बन्धीका निवेदन माथि छलफल गर्दै क्षतिका आधारमा राहात उपलब्ध गराउने निर्णय समेत गरेको ।
सबैभन्दा बढि विद्यालय तथा स्वास्थ्य चौकीमा क्षति भएको विवरण आएका विद्यालय र स्वास्थ्य संस्थालाई बढि राहात उपलब्ध गराउने निर्णय समेत गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, समितिका संयोजक तथा वडा न १ का अध्यक्ष लोकराज नाथ, उद्योगवाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावल, सुरक्षाकर्मी सहित समितिका पदाधिकारीहरुको सहभागिता रहेको शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभएको छ ।
