मंगलसेन नगरपालिका द्धारा नगर क्षेत्रमा क्रियाशिल गैससहरु संग आगामी वर्षको नीति कार्यक्रम तथा बजेट बारे छलफल

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिकाले नगर क्षेत्रमा क्रियाशिल गैससहरु संग आगामी वर्षको नीति कार्यक्रम तथा बजेट बारे छलफल गरेको छ । नगरपालिकाले गैससहरु संग समन्वयात्मक वैठक तथा छलफल कार्यक्रमको आयोजना गरि आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेटको विषयमा छलफल तथा सुझाव संकलन गरिएको हो ।

Mangala Bharna

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समन्वयात्मक वैठक तथा छलफल कार्यक्रममा सहभागी गैसस प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो संस्थाको कार्यक्रम बजेट र प्राथमिकताको क्षेत्रका विषयमा जानकारी गराउँनुभएको थियो भने नगरले ल्याँउने नीति कार्यक्रमका लागि सुझाव तथा धारण राख्नुभएको थियो । साथै नगरपालिका र विषयगत शाखा मार्फत समन्वय र साझेदारी गरि सञ्चालन गर्न सकिने कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो ।

Mellekh RM1

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले समाज विकासमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गैससकर्मीहरुको सक्रियता र अनुशासन सवैले अनुसरण गर्न सक्नुपर्ने बताउँदै नगरकाे विकासका लागि गैर सरकारी क्षेत्रको याेगदान उच्च रहेकाे बताउनुभयो । आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समेत गैरसरकारी क्षेत्रसंग साझेदारी गर्नेगरि अघि बढ्ने उहाँले बताउनुभयो । गैरसरकारी संस्थाहरुले आगामी दिनहरुमा शिक्षा, स्वास्थ्य र सामाजिक विकास संसंगै कृषि क्षेत्रको सुधारमा क्रियाशिल हुनुपर्नेमा नगरप्रमुख बोहराको जोड थियो ।

Saud Agro Kailash

कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले मन्तव्य राख्दै नगर क्षेत्रको विकासका लागि गैरसरकारी संस्थाहरुसंग साझेदारी गर्दै अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समिति संयोजक बिर्ख बहादुर बोगटी, नगरका विभिन्न शाखाका प्रमुखहरु तथा नगरपालिकालाई कार्यक्षेत्र बनाई क्रियाशिल गैरसरकारी संस्था तथा परियोजनाका प्रतिनिधिहरुको सहभागीता रहेको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो ।

सोहि कार्यक्रमका अवसरमा आईपास नेपाल र उक्त संस्थाका जिल्ला संयोजक रमेश थापाको बिदाई समेत गरिएको छ । थापालाई नगर प्रमुख पदम बहादुर बोहराले सम्मान पत्र, मायाको चिनो, खादा र टिका-माला लगाई स-सम्मान बिदाई गर्नुभएको थियो । थापा मंगलसेन नगरपालिकामा आईपास नेपाल अन्तरगत रहि लैंगिकतामा आधारित हिंसा रोकथाम तथा न्यूनिकरण परियोजनामा आवद्ध रहनुभएको थियो । बिदाईका क्रममा उहाँले ३ वर्षसम्म काम गर्दै गर्दा मंगलसेन नगरपालिकामा सकारात्मक उर्जा प्राप्त भएको उल्लेख गर्नुभएको थियो । सो कार्यक्रमको संचालन नगरपालिका संघसंस्था समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.