मृगौला पिडीत लिला रावलका आफन्तद्धारा आर्थिक सहयोग गरिदिन अपिल

५ बर्षको अवधिमा २० लाख बढी रकम सकिएको श्रीमानको दुखेसो 

Kirci Gyan Kendra

अछाम जिल्लाको पचदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीकी मृगौला पिडीत लीला रावल बिष्टका आफन्तले सहयोग गरिदिन अपिल गरेका छन । २५ बर्षिय रावलका दुईटै मृगौला फेल भएपछी हाल विर अस्पताल काठमाण्डौँमा नियमित डाइलासियस भईरहेकाले आर्थिक अभाव भएपछी सहयोगको याचना गरेका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

करिब तिन बर्षदेखी नियमित हप्ताको तिन दिन डाइलासियस गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको उनका श्रीमान धन बहादुर बिष्टले बताउनु भयो । पाँच बर्ष पहिले उच्च रक्तचाप समस्या र करिब तिन बर्ष पहीले दुईटै मृगौलाले काम गर्न छोडेको बिष्टले बताए । ३ बर्षको अवधिमा हप्तामा ३ दिन डाईलासियस गराउँदैमा निजि र सरकारी अस्पतालमा गरि आफनो करिब २० लाख बढी आर्थिक रकम खर्च भईसकेकाले श्रीमती बचाउने अभियानमा सहयोग गरिदिन आग्रह गर्नु भएको छ । साथमा ३ बर्षिय छोरी भएकाले उसका लागि पनी हरेक देश तथा विदेशमा रहेका आफन्त, शुभचिन्तकालाई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

उपचारमा संग्लन डाक्टरका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले त्यसका लागि समेत प्रक्रिया भईरहेको बिष्टले जानकारी दिए । मृगौला आफन्तको मात्र प्रत्यारोपण गुर्नपर्ने भएकाले आमा नौरता रावलले मृगौला दान गर्ने बताउदै सहयोग गर्ने महानुभावले लीला रावलको सानीमा बैँकमा रहेको खाता नम्बर ०१७०११९०९००००९३१ मा जम्मा गरिदिन रावल बचाउन अभियानमा लागेका आफन्त हिक्मत रावलले आग्रह गर्नु भयो । हाल लिला रावल बचाउ अभियानमा विभिन्न क्षेत्रका व्यक्तीबाट सहयोग समेत जुटिरहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.