मंगलसेन नगरपालिकामा स्वचालित मौसम मापन केन्द्र स्थापना

मंगलसेन नगरपालिकामा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ । मंगलसेन नगरपालिका, त्रिभुवन विश्व विद्यालय जल तथा मौसम केन्द्रीय विभाग किर्तिपुर काठमाडौको समन्वयमा केन्द्रको स्थापना गरिएको हो ।

यश क्षेत्रका नागरिकहरूलाई जलवायु तथा विपदका सुचनाहरू समयमै उपलब्ध गराउने उदेश्यले स्वचालित केन्द्रको स्थापना गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ । केन्द्रले यश क्षेत्रको तापक्रम, बर्षा, हावाको गति, सुर्यबाट आउने गतिको मापन गर्नुका साथै प्रत्येक आधा घण्टामा नयाँ नयाँ तथ्यांक दिने त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डाक्टर मदन सिग्देलले जानकारी दिनुभएको छ ।

जलवायु परिवर्तन र विपद न्युनिकरणमा यो केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्ने सह प्राध्यापक डाक्टर सिग्देलको भनाई छ । बढ्दो जलवायु परिवर्तनले गरिरहेको असर र यस बाट हुने क्षति न्युनिकरणमा टेवा पु¥याउने उदेश्यले त्रिभुवन विश्व विद्यालय जल तथा मौसम केन्द्रीय विभाग किर्तिपुर काठमाडौको समन्वयमा केन्द्रको स्थापना गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।

अहिले यसको स्थापना मात्रै गरिएको र यस बाट चाडै सहि सुचना लिनको लागि नगरपालिका बाट आवश्यक बजेट बिनियोजन गरि थप प्रकृया अघि बढाईने जानकारी दिनुभएको छ । यस बाट नगरपालिका भित्रका विपद सम्बन्धीका सबै सुचनाहरु सहजै प्राप्त गर्न सकिने उहाको विश्वाश छ । बिहिबार मंगलसेन नगरपालिका वडा न ३ मा एक कार्यक्रमको आयोजनागरि स्वचालित मौसम मापन केन्द्र स्थापना भएको जानकारी गराईएको छ ।

मंगलखबरसंग कन गर्दै वडा न ३ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता बृख बहादुर बोगटीले स्वचालित मौसम मापन केन्द्र स्थापना हुनु आफैमा राम्रो पक्ष भएकाले अब यसको संरक्षण र सम्बद्र्धनमा विशेष जोड दिईने बताउनुभयो । स्थानीय सरकारहरु नयाँ बजेट ल्याउने तयारीमा जुटी रहेकाले मंगलसेन नगरपालिकाको तर्फबाट यसको थप विकासका लागि आवश्यक बजेटको व्यवस्थापन गरि स्थानीय व्यक्तिले सुचना पाउने गरि आवश्यक प्रकृया अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, वडा न ४ का अध्यक्ष नाम सिंह धामी, वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा न १३ का अध्यक्ष हिक्मत बहादुर बोगट, वडा न ३ का वडा सदस्य चक्र बहादुर साउद, रमेश बीक लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । यसको महत्वका बारेमा जानकारी गराउदै अर्का सह प्राध्यापक सुनील आचार्यले जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेबसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्था गर्न सकिने बताउनुभयो । किसानले लगाएको बालीमा हुन सक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पु¥याउने उनको भनाइ छ ।

वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने भन्दै यस बाट धेरै कुराको बारेमा जानकारी लिन सकिने उहाको भनाई थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.