मंगलसेन नगरपालिकाले ल्यायो ६१ करोड ३ लाख ५५ हजार बजेट

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०८१÷८२ को ६१ करोड ३ लाख ५५ हजार बजेट ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो पुर्वाधारलाई प्राथामिकता राख्दै नगरपालिकाले बजेट विनियोजन गरेको हो ।

Mangala Bharna

यस बर्षको बजेटमा कृषिलाई पहिलो प्रथामिकता दिएको छ । यो आर्थिक बर्षमा खर्च गर्ने गरि कृषि क्षेत्रमा ६७ लाख भन्दा बढि रकम विनियोजन गरेको छ भने स्वास्थ्य र पर्यटनलाई पनि नगरले प्राथमिकतामा राखेको छ ।

Mellekh RM1

नगरको समग्र स्वास्थ्य क्षेत्रमा १ करोड ६२ लाख, शिक्षक बाल बिकास केन्द्र सहजकर्ताहरु र विद्यालय कर्मचारीहरुको थप तलब र अनुदान कार्यक्रमलाई निरन्तरता दिनका लागि १ करोड ७२ लाख ५३ हजार ८ सय ३० रुपैया बिनियोजन गरिएको छ भने समग्र सामाजिक विकास तर्फ २ करोड ३५ लाख विनियोजन गरिएको छ ।

Saud Agro Kailash

यस्तै नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ २३ लाख, पुर्वाधार विकासमा पालिका केन्द्र जोड्ने कालोपत्रे सडकका लागि संघिय सरकारको समपुरक अनुदान साझेदारी सहित २ करोड १० लाख, अछाम बहुमुखी क्याम्पस देखी मुख्य बजार जोड्ने पक्की सडक निर्माणका लागि ६४ लाख, चिमेसाल बहुप्राविधिक शिक्षालय ग्रामीण सडक, बलडाडा, कुकुडीपाटा सडक, सिराडी जिलामारे सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ ।

बाझो रहेको जग्गाको सम्भाव्यता अध्यान गरि माटो सुहाउदो खेती गर्ने र त्यसका लागि आवश्य कार्यक्रमहरु अगाडी बढाउन बजेट बिनियोजन गरिएको छ । कृषि उत्पादनलाई वृद्धि गर्न कृषकहरुको खेतीबारीको माटो परिक्षण तथा बाली उपचार कार्यक्रम संचालनका लागि व्यवस्था गरिएको छ । मंगलसेन नगरपालिका वडा न १३ को बस्तीको चाईरा, कुन्तीको खेतगैरा, कैलाश खोला, छायतडा लगायतका क्षेत्रलाई धान पकेट क्षेत्र घोषण गर्ने पनि कार्यक्रम अघि सारेको छ ।

पशु पंक्षीहरुमा लाग्ने विभिन्न किसीमका रोगहरुको परिक्षण, रोकथाम र नियन्त्रण गर्न पशुपंक्षी उपचार सेवा कार्यक्रमलाई निरन्तरता दिईएको छ । गुणस्तरिय पशुपंक्षि उपचार सेवा प्राविधिकहरुको दक्षता अभिवृद्धि कार्यक्रम संचालनको लागि व्यवस्था मिलाईएको छ । जहा सिचाई त्यहा उत्पादनमा बृद्धि र कमाई अन्तरगत साना सिचाई पुर्वाधार निर्माण मर्मत कार्यक्रम निरन्तरताका लागि ८ लाख रकम समेत बिनियोजन गरिएको छ ।

मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडालाई पनि बजेट विनियोजन गरि दिएको छ । पालिकाको सबैभन्दा बढि रकम पाउने वडा भौगोलिक रुपमा पनि विकट मानिएको वडा न १३ रहेको छ भने सबैभन्दा कम बजेट पाउने वडा वडा न २ रहेको छ । वडा न १ कुन्तीबण्डालीमा ३२ लाख, वडा न २ मिस्तुरुमा १३ लाख ८० हजार, वडा न ३ मा ३५ लाख ५० हजार, वडा न ४ मा ३० लाख, वडा न ५ मा ३५ लाख, वडा न ६ मा २४ लाख, वडा न ७ मा २४ लाख ५० हजार, वडा न ८ मा २३ लाख, वडा न ९ मा २४ लाख, वडा न १० जुपुमा २३ लाख, वडा न ११ मा २२ लाख ८० हजार, वडा न १२ बान्नातोलीमा ३५ लाख ५० हजार, वडा न १३ बस्तीमा ४० लाख र वडा न १४ कालागाउँमा ३५ लाख ५० हजार विनियोन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.