
नेपाल मोबाइल व्यवसायी महासंघ अछामले जिल्ला अस्पताल अछामका बिरामीहरुलाइ फलफूल बितरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा महाँसंघले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।


महासंघका अध्यक्ष मीन बहादुर बोगटीको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलिले बिरामी हरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछामका बिरामी हरुलाइ फलफुल बितरण गरेर रचनात्मक एवं परोपकारी कार्य गरेको भन्दै जिल्ला अस्पताल अछामका निमित्त प्रमुख रबि यादवले धन्यवाद समेत दिनुभयो ।
स्थापना दिवसकै अवसरमा आज महासंघले सचिवालयमा दिप प्रज्वलन समेत गर्ने महासंघका सदस्य दिलिप भाटले जानकारी दिए ।

