ओली मन्त्रिपरिषद्‌मा चार दल, कांग्रेसका १०, एमालेका ९ सदस्य

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्रीलगत्तै राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा क्याबिनेटका दुई उपप्रधान र १९ मन्त्रीले पनि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन् ।

ओली क्याबिनेट नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन् ।

कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौँ–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको हो ।

त्यस्तै, एमालेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्रीहरू सरकारमा पठाएको हो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाएर पठाएको छ। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पाटीबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बनेका छन्। यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसबाट मन्त्री बनेका १० जनाः

१) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
२) रमेश लेखक- गृह
३) आरजु राणा- परराष्ट्र
४) तेजुलाल चौधरी- युवा तथा खेलकुद
५) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
६) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
७) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन
८) रामनाथ अधिकारी- कृषि
९) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ
१०) ऐनबहादुर शाही- वन तथा वातावरण

एमालेबाट मन्त्री बनेका ८ जना:

१) केपी शर्मा ओली- प्रधानमन्त्री
२) विष्णु पौडेल- उपप्रधान तथा अर्थ
३) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
४) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
५) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
६) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
७) विद्या भट्टराई- शिक्षा
८) मानवीर राई- रक्षा
९) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन

लोसपाबाट मन्त्री बनेका १ जना:

१) शरदसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

जसपाबाट मन्त्री बनेका २ जना:

१) प्रदीप यादव- खानेपानी
२) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.