कविता : आयाे-गयो

Purnima Mobile
Kirci Gyan Kendra

✍️ ओम प्रकाश पुन

Samajik New Add 2082

जब माओवादीले जनयुद्ध थाल्यो,
हलाे जाेत्ने किसान,
हँसिया बाेकेर आयाे ।
हथौड़ा ठाेक्ने मजदुर,
झण्डा बाेकेर आयो ।
घन ठाेक्ने दलित,
बन्दुक बाेेकेर आयो ।
सेताेकाेट लाएको डाक्टर,
आला बाेकेर आयाे ।
अदालत हिडेकाे वकिल,
कालाेकाेट छाेडेर आयो ।
लाहुर हिडेकाे आदिवासी,
खुकुरी बाेकेर आयो ।
चुलाेचाैकाेमा बसेकाे महिला,
पटुकी कसेर आयो ।
बिदेश हिडेकाे युवा,
झाेला बाेकेर आयो ।
पढ्न हिडेकाे बिद्यार्थी,
किताब छाेडेर आयो ।

Mellekh RM1
Saud Agro Kailash

जब माओवादीले जनयुद्ध छाेड्याे,
जब पार्टी सिंहदरबार पस्यो,
जनयुद्ध लडेको किसान,
फर्केर हलाे जाेत्न गयो ।
जनयुद्ध लडेको मजदुर,
फर्केर हथौड़ा ठाेक्न गयो ।
जनयुद्ध लडेको दलित,
फर्केर घन ठाेक्न गयो ।
जनयुद्ध लडेको आदिवासी,
फर्केर पहिचान खाेज्न गयो ।
जनयुद्ध लडेको युवा,
फर्केर वैदेशिक राेजगारमा गयो ।
जनयुद्ध लडेको सेना,
फर्केर साहुकाे गार्ड बस्न गयो ।
समायोजनमा गएको सेना,
हाकिमलाई सलामी दिन गयो ।
जनयुद्ध लडेको कलाकार,
फर्केर दाेहाेरी र डान्सबारमा गयो ।
जनयुद्धमा हिडेकाे शिक्षक,
फर्केर बाेर्डिङ खाेल्न गयो ।
सेताेकाेट छाेडेर आएको डाक्टर,
फर्केर मेडिकल खाेल्न गयो ।
अवकाशमा आएको जनमुक्ति सेना,
सेक्युरिटी गार्ड खाेज्न गयो ।
कालाेकाेट छाेडेर आएको वकिल,
फर्केर ल फर्म खाेल्न गयो ।
जनयुद्ध लडेको महिला,
फर्केर चुलो चाैकाेमा गयो ।
सत्ताको अवसर पाएको कमरेड,
गाडी चढेर महलमा गयो ।
माननीयकाे फुलि पाएको कमरेड,
काेट हल्लाउँदै संसद भवन पस्यो ।
बिचारकाे बहस गर्ने कमरेड,
निराश भएर घर बस्याे ।

जनयुद्धमा ढलेकाे याेद्धा,
सालिक बनेर गयो ।
लड भनेर लडाउने नेता,
मालिक बनेर गयो ।
मन्त्रीको पगरी पाएको नेता,
झण्डा हल्लाउँदै दरबार पस्यो ।
नेताको चाकरी गर्ने कार्यकर्ता,
डायरी बाेकेर स्वकीय बस्यो ।

बिचाैलिया अवरवादी आयो,
भए भरकाे अवसर लियो,
अवसरवादकाे खेती गर्याे ।
फर्केर उ गाली गर्दै गयो
अनि कसरी हुन्छ,
माओवादी पार्टी बलियो ?
अनि कसरी हुन्छ,
माओवादी पार्टी गर्भिलाे ?
अनि कसरी हुन्छ,
माओवादी पार्टी भरसिलाे ?

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.