अछामका जनप्रतिनिधि द्धारा ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

Purnima Mobile
Kirci Gyan Kendra

अछाम जिल्लाका १० वटै पालिकामा रहेका जनप्रतिनिधि तथा सरोकारवालाले ७ बुदे प्रतिबद्धता जनाएका छन । आ–आफ्नो पालिकाका रहेका बालबालिकाहरुको नेतृत्व, व्यक्तित्व र शिक्षा क्षेत्रको विकासका लागि आवश्यकपर्ने अन्य सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

Samajik New Add 2082

अहिले पनि बालबालिकाहरु विभिन्न किसिमका समस्याहरु भोगीरहेको भन्दै यस्ता समस्याबाट बालबालिकालाइ छुट्करा दिने भन्दै प्रतिबद्धतामा हस्ताक्षर गरेका छन । मंगसेन नगरपालिका, आस्था नेपाल र वल्ड भिजनले मंगलसेनमा आयोजना गरेको दुइ दिने जिल्ला स्तरिय बालभेला तथा अन्तर सम्वाद कार्यक्रममा सहभागि सरोकारवालाले नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनिति २०७२ जारि गरेकोमा नेपालबाट बालविवाह अन्त्य गर्न विभिन्न कार्यक्रम किसिमका कार्यक्रमहरु गर्ने, गाउँ, घर, टोल समुदायमा बालबालिका माथि हुने हिंसा, अनलाइन दुव्र्यव्याहार र हैगिंक हिंसाका घट्ना दिन प्रतिदिन बढिरहेकाले बालबालिकाहलाइ यी घट्नाबाट प्रत्यक्ष र अपत्यक्षरुपमा प्रभावित भएकाले यसको समाधानका लागि हामी सबै किसिमका कार्यक्रम संचलान गर्ने प्रतिबद्धता जनाएका छन ।

Mellekh RM1

यस्तै समुदायमा रहेका अनाथ, असहाय, टुहुरा, अपांगता भएका बालबालिकाहरुका लागि स्थानीय सरकार संचालन ऐन,२०४७ बमोजिम उनीहरुको उत्थानको लागि कार्यक्रमगर्ने, समाजमा रहेका गलतप्रथा (छाउपडी प्रथा, लैगिंक हिंसा, बहुविवाह, छुवाछुत, बालश्रम र मानव बेचविखन जस्ता कुरिती तथा अन्धविश्वासको अन्त्य गर्न हामी सबै सरोकारवाला प्रतिवद्ध छौ भन्दै प्रतिबद्धता गरेका छन ।

यस्तै स्थानीय तहमा बालअधिकार समिति गठन सहित बालकोष स्थापना गरी बालबालिकाहरुका सवाललाई सम्बोधन गर्न (स्थानीय स्वायत्तशासन ऐन, २०५५) जस्तै बजेट विनियोजन गर्न हामीप्रतिबद्ध छौ भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षरा गरेका छन । कार्यक्रममा बोल्ने पालिकाका जनप्रतिनिधिहरुले यी ७ बुदे प्रतिबद्धता कार्यन्वयनका लागि आवश्यक गतिविधिहरु अगाडी बढाउने प्रतिबद्धता जनाएका छन भने आवश्यक परामर्शका लागि यस संग सरोकार राख्ने ब्यक्तिहरुलाई सहजिकरणका लागि अनुरोध गर्ने बताएका छन । कार्यक्रममा बोल्दै साफेबगर नगरपालिका उप प्रमुख शिव बहादुर कुवँरले अछाम जिल्लाका बालबालिकाहरुका सवालमा अछाम जिल्लाका १० वटै पालिकाका जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा सहभागि बालबालिकाहरुले उठाएका सवालहरु गम्भिर छन यस कुरामा आफुहरुको ध्यानआकर्षण भएको भन्दै बालबालिकाहरुले पनि आफु को हु के गरिरहेको छु भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा लागु औषधले धेरै किशोर किशोरीहरु आफ्नो जिबन वर्वाद गर्न थालेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ । अन्तर सम्वाद कार्यक्रममा बोल्दै अछामका प्रमुखजिल्ला अधिकारी शिव प्रसाद लमसालले बालबालिकाहरुमा लगानी गरे मात्रै भोलीको सभ्य समाज निमार्ण हुने भएकाले बालबालिकाहरुका सवालमा सबै सरोकारवाला जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।

अहिले पनि बाललिकाहरु समाजमा विभिन्न किसिमका समस्याहरु भोगी रहेका यस्ता समस्याहरु समाधानका लागि पहल गर्न सुझाव दिनुभएको छ । अछाम जिल्लामा अहिले पनि छाउपडी कुप्रथा कायमै रहेको र यसको प्रभाव बालबालिकाहरुमा पर्ने भएकाले यस्ता कुरितिको अन्त्यका लागि पछिल्लो समयमा थप गतिविधिहरु अगाडी बढाएको जानकारी गराउनुभएको थियो ।

अछाम जिल्लामा बालबालिकाहरुमा लागुऔषध तथा दुव्र्यसनीको समस्या छ यसमा प्रहरीले प्रभावकारी कदम चालेन भन्ने बालबालिकाको गुनासोमा अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले अछाम प्रहरी यस्ता सवालमा गम्भिर रहेको बताउनुभएको छ । आफु अछाम जिल्ला आए देखी यसका विरुद्धमा प्रहरी परिचालन गरिएको जानकारी गराउनुभएको थियो । यस्ता अपराधजन्य घट्नाहरु न्युनिकरणका लागि नागरिकहरुले पनि प्रहरीलाई खबर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका वडा न ५ का दिनेश प्रसाद उपाध्यायले बालबालिकाहरु प्रविधिको दुरुपयोग गरिरहेकाले यसले उनीहरुमा विभिन्न किसिमका समस्या सृजना गरिरहेको बताउनुभयो । घरका आमाबुवाले ध्यान नदिदा प्र्रविधिको दुरुपयोग गर्ने र यही कारणले उनीहरु बालविवाह गर्ने गरेको उपाध्यायको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँर, तुर्माृखाद गाउँपालिका उपाध्यक्ष वीमला शाही, ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही, रामरोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा र रेडियो सोसाइटीका करन बुढाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.