मंगलसेन बसपार्कका संस्थापक तथा बसपार्क व्यवस्थापन केन्द्र मंगलसेनका अध्यक्ष अम्वर बहादुर बोगटी (मायालु) को निधन भएको छ । बोगटीको शनिबार बिहान ५७ वर्षको उमेरमा उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा असामयीक निधन भएको हो ।

बसपार्क व्यवस्थापन केन्द्रका अध्यक्ष, समाजसेवी तथा व्यवसायी बोगटीको निधनमा बसपार्क व्यवस्थापन केन्द्रले शोक विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष बोगटीको निधनप्रति बसपार्क व्यवस्थापन केन्द्र परिवार मर्माहत भएको भन्दै बसपार्क व्यवस्थापन केन्द्रले विज्ञप्ती मार्फत एक असल समाजसेवी, व्यवसायी र साहसिक व्यक्तिको अल्पायुमै भएको अवसानले सिंगो समाज र बसपार्क व्यवस्थापन केन्द्रलाई अपुरणीय क्षती भएको उल्लेख गरिएको छ ।
“यस दुःखद घडिमा स्व. बोगटीप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।” बसपार्क व्यवस्थापन केन्द्रका सहसचिव कर्ण बहादुर धामीद्धारा हस्ताक्षरित शोक विज्ञप्तीमा भनिएको छ । साथै संस्थाका अध्यक्ष स्व. बोगटीको अन्तिम दाहसंस्कारको दिन मिति २०८१ श्रावण २० गते आईतबार बसपार्क क्षेत्रका पसलहरु १ दिन बन्द गरी उहाँप्रती श्रदाञ्जली व्यक्त गर्ने निर्णय बसपार्क व्यवस्थापन केन्द्रले गरेको छ ।
