अनेरास्ववियू (क्रान्तिकारी) अछाम को पांचौ विस्तारित बैठक विभिन्न निर्णय गर्दै मङ्गलसेन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदकाे अध्यक्षता र प्रदेश कमिटी अध्यक्ष तथा केन्द्रीय उपमहासचिव दिपक डिसिकाे प्रमुख आथित्यतामा वैठक भएको थियाे ।

वैठकले संगठनको जिल्ला सम्मेलन भाद्र १५ र १६ गते गर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक पालिकामा सम्मेलनको कमान्डको जिम्मेवारी सहित पालिका सम्मेलन सम्पन्न गर्ने, अछाम जिल्ला स्थित सम्पुर्ण क्याम्पस र मावीका सम्मेलनहरु गर्ने र सदस्यता नविकरण तथा वितरण गर्ने लगायत निर्णय पनि गरिएको छ ।
वैठकमा पार्टी प्रदेश कमिटी सदस्य बैजन्ति कुवर र संगठनका केन्द्रीय उपमहासचिव गम्भीर साउद विशिष्ट अतिथि रहनुभएकाे थियोे भने केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज धुर्व रावल लगायत जिल्ला पदाधिकारीहरुकाे उपस्थिति रहेको जिल्ला उपाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।