मङ्गलसेन नगरपालिका वडा नम्वर १ स्थित भट्टेमालिका पर्यटकीय क्षेत्रमा मालिका मन्दीर जाने बाटो सहित मन्दिर परिसर सरसफाइ गरिएको छ । कार्यबाहक वडा अध्यक्ष शिद्द बहादुर थापाको नेतृत्वमा रहेकाे टाेलिले सरसफाइ गरेको हाे ।

मङ्गलसेन नगरपालिका वडा नम्वर १ र भट्टे मालिका पर्यटन प्रबर्धन विकास समिती र स्थानिय युवा हरुको सहभागीतामा गरिएको सरसफाइ कार्य अन्तरगत पात्तिफाल्ले देखि मालिका मन्दिर सम्म जाने बाटो र मन्दिर परिसर सरसफाइ गरिएको छ । मालिका चतुर्दशीका दिन हुने पुजा कार्यक्रमलाई सहजताकाे लागि सरसफाइ गरिएको जनाएको छ ।
सरसफाइ कार्यक्रममा कार्यबाहक अध्यक्ष सिद्ध बहादुर थापा
सहित पर्यटन प्रबधन विकास समितीका संयोजक गोपाल थापा, स्थानिय युवा हरु कमल थापा, यकेन्द्र नाथ, नेत्र बहादुर साउद लगायत का १५ जनाकाे सहभागीता रहेको थियाे ।
