माआवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा नेता भण्डारी, अछाम ईञ्चार्जको जिम्मेवारी साउदलाई

अछाम : नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश कमिटी बिस्तार गरेको छ । आईतबार पार्टीले यसअघि अछाम जिल्ला ईञ्चार्ज रहनुभएका संविधानसभा सदस्य सरदसिंह भण्डारीलाई प्रदेश अध्यक्ष चयन गरेको हो भने बिभिन्न ४ नेतालाई प्रदेशको सह-ईन्चार्ज तोकेको हो ।

Samajik New Add 2082

सहईञ्चार्जमा नेप बहादुर चौधरी, त्रिलोचन भट्ट, बिना मगर र बिरभान चौधरी रहेका छन । पार्टीको सुदूरपश्चिम ईञ्चार्जमा यसअघिनै नेता खगराज भट्ट र सह-ईञ्चार्जमा तारामान स्वार तथा लक्ष्मणदत्त जोशीलालाई तोकिएको थियो । उनीहरुलाई यथावत राख्दै थप नेताहरुको कार्यविभाजन र जिम्मेवारी परिभाषित गरिएको नेकपा माओवादी केन्द्रका युवा नेता लोक बहादुर बोहरा अविरलले जानकारी दिनुभयो । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा अव सहईञ्चार्जको संख्या ६ पुगेको छ ।

पार्टीको केन्द्रिय सदस्य रहेका नेता शरद सिंह भण्डारी यसअघि पार्टीको अछाम जिल्ला ईञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो भने अछाम जिल्ला ईञ्चार्जको जिम्मेवारी पाएका नेता झपट साउद यसअघि पार्टीको जिल्ला संयोजकको जिम्मेवारीमा हुनुहुन्थ्यो । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा भण्डारी जिल्ला सहईञ्चार्ज र नेता साउद जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

प्रदेश अध्यक्ष भण्डारी २०६४ सालमा अछाम २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने कुशल संगठकका रुपमा स्थापित जिल्ला ईञ्चार्ज साउद सोही निर्वाचनमा अछाम क्षेत्रनम्वर १ बाट संविधानसभा सदस्यको प्रत्यासी भई उपविजेता बनेका थिए ।

माओवादी केन्द्रले प्रदेश कमिटी सचिवमा देविलाल चौधरीलाई जिम्मेवारी प्रदान गरेको छ भने प्रदेशका अन्य जिल्लाहरु डोटीमा शिव सिंह ओली र डडेल्धुरामा जगत पार्कीलाई ईञ्चार्जको जिम्मेवारी तोकिएको प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.