पर्यटकिय क्षेत्र रामारोशनकाे रामेमा बाह्र वण्डकी माइको मन्दिर तथा मुर्ति स्थापना गरिएको छ । मन्दिर निर्माण पश्चात् पुजाआजा सहित उदघाटन र मुर्ति स्थापना गरिएको हाे ।

उक्त कार्यक्रममा रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद, वडा ५ का अध्यक्ष्य केशर बहादुर शाह, पर्यटन विकास समितिका अध्यक्ष गोपी खनाल, कार्यकारी निर्देशक गंगा कुवर (बुढा) र अन्य पदाधिकारीकाे सहभागीता रहेको थियाे ।
यस्तै नेकपा एमालेका मान सिं रोकापा, नेकपा माओवादी केन्द्रका खडक सिंह रोकाया, नेपाली काङ्ग्रेस जगत वटाला, समाजसेवी काली बहादुर बुढा, सुरक्षाकर्मी चन्द्र सिं माली, धामी हरु दान रोकाया, मोती बुढा, रंग वटाला लगायत स्थाथीयहरुको उपस्थिति रहेको थियाे ।
