
अखिल क्रान्तिकारी अछामले जिल्लाका विभिन्न विद्यालयमा ईकाइ कमिटी गठन गरेको छ । आसन्न जिल्ला सम्मेलनकाे तयारी स्वरुप कमिटीहरु विस्तार गरिएको हाे ।

जस अन्तरगत कालिका मावि ढकारी -२ हिच्मामा उपेन्द्र विकको अध्यक्षतामा २१ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्ष दिनेश साउद, दिपेश बुढा, सुरेश विक, सचिव शुष्मा बुढा, कोषाध्यक्ष अशोक बुढा लगायत रहेका छन ।
यस्तै अखिल (क्रान्तिकारी) अछाम को आयोजनामा कमलबजार नगरपालिका १० मा रहेको विद्याप्रवोधनी मावीमा पनि कमिटी गठन गरिएको छ । निर्मला भण्डारीकाे अध्यक्षतामा गठित समितिको उपाध्यक्ष, सिता खड्का, सचिव नवीन भण्डारि, कोषाध्यक्ष देविसरा भन्डारी लगायत ११ सदस्य रहेका छन ।

कमिटी गठन कार्यक्रममा अखिल क्रान्तिकारीका अछाम जिल्ला अध्यक्ष लाल बहादुर साउद प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला तहका नेताहरुकाे समेत सहभागीता रहेको थियाे ।
यसैगरी षोडशा देवि मावि मङ्गलसेनमा पनि अखिल क्रान्तिकारीको ईकाइ कमिटी गठन गरिएको छ । विध्यार्थी यशोधा परियारको अध्यक्षतामा भएको कार्यक्रमको
प्रमुख अतिथि संगठनका प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमल थापा रहनुभएकाे थियाे । अन्य अथितीमा प्रदेश कमिटी सदस्य नेत्र साउद लगायत रहनुभएकाे थियाे ।
कार्यक्रमबाट तिलु भाटकाे अध्यक्षतामा २१ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उन्नति बोगटी र कल्पना परियार, सचिब पुजा शाही, काेषाअध्क्ष यसोदा ढुङ्गाना, सह सचिव चन्द्रकला भाट र कल्पना ढुङ्गाना लगायत अन्य सदस्य रहेका छन ।


