अनेरास्ववियु अछामको पहिलो पदाधिकारी वैठक विभिन्न निर्णय गर्दै सम्पन्न

अनेरास्ववियु जिल्ला कमिटी अछामको पहिलो पदाधिकारी वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रेम देवकोटाको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटी सचिव भीम रावल (कालोटोपी) काे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य सिद्ध ढुङ्गाना विशिष्ट अतिथि रहनुभएको थियो ।

Samajik New Add 2082

साथै अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू देवसरा भण्डारी, नारायण कुँवर एवं कमल बजार बहुमुखी क्याम्पस स्ववियु सभापति यवं सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सुरेन्द्र चलाउने लगायत जिल्ला कमिटी पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहेको थियो ।

उक्त पदाधिकारी बैठकमा पदाधिकारीहरूले अनेरास्ववियु अछामले आजसम्म गरेको कामहरूको रिपोर्टिङ र आगामी दिनमा अनेरास्ववियु अछामलाई कसरी सशक्त एवं बलियो बनाउन सकिन्छ भन्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकबाट सचिवालय, विभाग प्रमुख र पालिका इन्चार्जको जिम्मेवारी समेत तोकिएको छ । जस अन्तरगत सचिवालयमा रेवन्त विष्ट, कमरेड खगेन्द्र बयक, सविता भण्डारी, जगत बजगाईंलाई मनाेनित गरिएको छ । यस्तै विभाग प्रमुखमा प्रशिक्षण प्रमुख भीम वडाहित, प्रचार विभाग मनोज रावल, संगठन विभाग रेमन्त विष्ट, महिला विभाग सविता भण्डारी, शैक्षिक विभाग खगेन्द्र बयक, खेलकुद तथा अतिरिक्त विभाग कपिल खत्रीलाई चयन गरिएको छ । यसैगरी पालिका इन्चार्जहरुमा पञ्चदेवल विनायक नगरपालिकामा धीरेन्द्र सञ्जाल, कमलबजार नगरपालिकामा रमेश खड्का, मङ्गलसेन नगरपालिकामा जयकला भाट, साँफेबगर नगरपालिका सन्तोष भण्डारी, ढकारी गाउँपालिका टेकराज बुढा, तुर्माखाद गाउँपालिका धनसरा धमाला, बान्नीगढी जयगढ गाउँपालिका कलसी साउद, चौरपाटी गाउँपालिका टंक जोशी, मेल्लेख गाउँपालिका पार्वती साउद, रामारोशन गाउँपालिका उर्मिला साउदलाई ताेकिएकाे छ ।

वैठकले नजिकै गरेको स्ववियु निर्वाचनका लागि अछाम जिल्लामा रहेका विभिन्न क्याम्पसहरूमा जिल्ला कमिटीका पदाधिकारीलाई विशेष समन्वयकर्ताको रूपमा जिम्मेवारी दिएको छ । जसमा कमलबजार बहुमुखी क्याम्पस खेमराज बुढा, पञ्चदेवल बहुमुखी क्याम्पस राजकुमार सुनार, अछाम बहुमुखी क्याम्पस श्यामसुन्दर रावल, त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस भीम वडाहित, जनता बहुमुखी क्याम्पस भूमिका साउद, जनशिखा बहुमुखी क्याम्पस मिलन साउद, कैलाश बहुमुखी क्याम्पस जगत भण्डारी, प्राविधिक धार क्षेत्रका क्याम्पस मनोज रावललाई जिम्मेवारी दिईएकाे छ ।
वैठकले जिल्लामा भएका सबै विद्यालय क्याम्पसहरूमा यही भदौ ३० गते भित्र सम्पूर्ण कमिटी एवं कमिटी पुनर्गठन गरिसक्नुपर्ने निर्णय गरेकाे प्रचार विभाग प्रमुख मनाेज रावलले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.