मङ्गलसेन नगरपालिका १ मा साझा सुविधा केन्द्र (उद्यम घर) को उदघाटनः उद्यमशिल कार्य सञ्चालन गर्नका लागि सहयोग गरिने नगरप्रमुख बोहरा

Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका १ मा साझा सुविधा केन्द्र (उद्यम घर) को उदघाटन गरिएको छ । मङ्गलसेन नगरपालिका मेड्पा कार्यक्रमको आर्थिक सहयोगमा मालिका सामुदायिक सिकाई केन्द्र अन्तरगत रहने गरि मालिका सामुदायिक लघुउद्यमी समूह मार्फत २ कोठे भवन निर्माण सम्पन्न पश्चात औपचारिक उदघाटन गरिएको हो ।

Samajik New Add 2082

मालिका सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष तथा लघुउद्यमी समूहका अध्यक्ष मनिराम थापाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । भवन उदघाटन गर्दै नगर प्रमुख बोहराले मालिका सामुदायिक सिकाई केन्द्र र उद्यमी समूहले उद्यमशिल कार्य सञ्चालन गर्न चाहेमा नगरपालिकाबाट सहयोग गरिने बताउनुभयो । स्थानीय स्रोत साधनमा आधारित उद्यमशिल कार्यसञ्चालन गर्दै आत्मनिर्भर समाज बनाउन लाग्नुपर्नेमा उहाँको जोड थियो । सकारात्मक र रचनात्मक कार्य गर्न सकेमा सवैको साथ सहयोग प्राप्त हुने नगरप्रमुख बोहराको भनाई थियो । कार्यक्रमका अतिथि तथा मङ्गलसेन नगरपालिकाका प्रवक्ता बिर्ख बहादुर बोगटीले वडानम्वर १ मा रहेको मालिका सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेका गतिविधिहरु उत्कृष्ठ रहेको उल्लेख गर्नुभयो । केन्द्रले उत्पादन गरेका सालको पातको दुना टपरी बजारमा खपत भएको देख्दा खुसि लागेको बताउनुभयो ।

Saud Agro Kailash

उदघाटन कार्यक्रममा वडँनम्वर १ का अध्यक्ष लोकराज नाथ, २ का अध्यक्ष देवेन्द्र बहादुर बोगटी, कार्यपालिका सदस्य हंश थापा राना, वडा सदस्य शिद्ध थापा, चन्द्रकला जैगडी, वडा नम्वर २ का वडा सदस्य धनसिंह कामी, वडा नम्वर १ का पूर्व अध्यक्ष गोपाल थापा, वडा नम्वर २ का पूर्व अध्यक्ष मान बहादुर बोगटी, नेपाली काँग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर जैगडी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष प्रशान्त राना, नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव कमल थापा, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य एकेन्द्र नाथ, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, मङ्गलसेन नगरपालिका उद्यम विकास सहजकर्ता राम बहादुर बुढा लगायत स्थानीय र सरोकारवालाको सहभागिता रहेको थियो ।

मालिका सामुलायिक सिकाई केन्द्रका अध्यक्ष होम साउदले स्वागत मन्तव्य राख्नुभएको उदघाटन कार्यक्रमको सञ्चालन सिकाई केन्द्रका सदस्य सचिव तथा समुदाय कार्यकर्ता निर्मला पाल थापाले गर्नुभएको थियो ।

हाल मालिका सामुदायिक सिकाई केन्द्रले सालकाे पातकाे दुना टपरी उत्पादन गरि बजारिकरण गर्ने कार्य गरिरहेकाे छ भने बाँस निगालाेका सामग्री र स्थानीय कला सँस्कृतिकाे संरक्षण लगाायत सीप विकासका कनर्यहरु निरन्तर सञ्चालन गरिरहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.