नेपाल पुलिस क्लबले जित्यो माल्दिभ्समा भएको (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि

Kirci Gyan Kendra
Saud Agro Kailash

नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार राति भएको उपाधि भिडन्तमा उज्वेकिस्तानको हुमोलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले हुमोलाई २५-१६, २५-२२ र २५-२३ ले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेलमा जित निकालेको थियो । पुलिसले शुक्रबार भएको अन्तिम खेलमा माल्दिभ्स पुलिसलाई हराउँदा चौथो खेलमा चौथो खेलमा माल्दिभ्सकै वाम्कोमाथि ३-२ को रोमाञ्चक जित निकाल्यो ।

Samajik New Add 2082

यसअघि पुलिसले तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल र सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० ले हराएको थियो। नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.