चाडपर्वलाई लक्षित गरि अछाममा सुपथ मूल्य पसल सञ्चालन

Kirci Gyan Kendra

अछाम । आमउपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने उद्देश्यले अछाममा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । सदरमुकाम मंगलसेन स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

Samajik New Add 2082

आइतबार एक औपचारीक कार्यक्रमका बिच अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । उनले सुपथ मुल्य पसलले आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत पुग्ने भन्दै त्यस्ता समुदायका लागि लक्षित गरेर व्यवस्थापन गरिने बताए ।

सुपथ मुल्य पसलमा सबै खाद्यान्न पाउनुपर्ने भएपनि अछाममा चामल मात्रै उपलब्ध रहेकाले यहाँ मौजदात रहेको जिरा मसिनो चामल, अरुवा सोना मन्सुली र अरुवा मोटा चामल उपक्तोका लागि सहुलियत दरमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

Saud Agro Kailash

दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज र सहुलियत दरमा उपलब्ध गराउन सुपथ मुल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछामले आज असोज ६ गते देखि आउँदो माघ २ गतेसम्मका लागि प्रति किलोमा ५ रुपौयाँ छुट गरेर चामल वितरण गरिरहेको छ ।

लिमिटेडका प्रमुख सरोज कुमार महतोका अनुसार मंगलसेनमा रहेको कम्पनीको कार्यालयमा अहिले जिरा मसिनो चामल ५० क्विन्टल, अरुवा सोना मन्सुली ५४८ क्विन्टल र अरुवा मोटो चामल ८१ क्विन्टल गरी जम्मा ६७९ क्विन्टल चामल उपलब्ध छ । आसोज ६ देखि माघ २ गतेसम्मा एक हजार क्विन्टल चामल छुट मूल्यमा उपलब्ध गराइने पनि उनले बताए ।

यो बेला आमाबुबा विहिन उमेर नपुगेका बालबालिका तथा बिशेष अवस्थाका व्यक्तिका लागि बिना परिचय पत्र समेत चामल दिइनेछ । अन्यको हकमा भने नागरिकता लगायत अन्य कुनैपनि प्रमाणपत्रका आधारमा चामल बितरण गरिने छ ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्साल सहित जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला अनुसन्धान कार्यालय अछामका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक ध्रुव बीसी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

-nepaliaksher

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.