बाढीपहिरोबाट देशभर ६६ जनाको मृत्यु, ६९ बेपत्ता, ६० घाइते : गृह मन्त्रालय

Kirci Gyan Kendra

काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म ६६ जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता छन् । ६० जना घाइते भएका गृह मन्त्रालयले जानकारी गराएको छ ।

Samajik New Add 2082

शनिबार साँझ ६ बजेसम्मको विवरणानुसार, सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासमा क्षति पुगेको छ । बाढीपहिरो र डुबानको जोखिममा रहेका मानिसको उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

Saud Agro Kailash

“विपद्को यस दुःखद घडीमा गृह मन्त्रालय मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “प्रतिकूल मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाइका बाबजुद काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरूको उद्धार कार्य भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

सडकको अवस्था सहज नभएसम्म हाल काठमाडौं उपत्यकाबाट बाहिरिने रात्रिकालीन सवारीसाधनलाई रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.