गुल्सनको अलराउन्ड प्रदर्शनपछि टर्‍यो जितको खडेरी, ओमान ३७ रनले पराजित

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौ। टी-२० अन्तर्राष्ट्रिय खेलमा आइतबार राती ओमानलाई ३७ रनले हराउँदै नेपालले क्यानडा भ्रमणको निराशाजनक प्रदर्शनलाई पूर्णविराम लगाएको छ।

Samajik New Add 2082

त्रिकोणात्मक शृंखलाको यो खेलमा नेपालका लागि गुल्सन झाले अलराउन्ड प्रदर्शन गरे। एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो।

Mellekh RM1

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो।

Saud Agro Kailash

नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो।

गुल्सन र कुशल भुर्तेलबीच छैटौँ विकेटका लागि ४.३ ओभरमा ६१ रनको साझेदारी भएको थियो। ओमानलाई १९.१ ओभरमा अलआउट गर्न करण केसीले ३ तथा कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए।

रिजन ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे। गुल्सन प्लेयर अफ दी म्याच घोषित भए। यसअघि शृंखलाको पहिलो खेलमा नेपाल शनिबार राती क्यानडासँग पराजित भएको थियो।

क्यानडा भ्रमणका क्रममा नेपालले यसअघि एउटा पनि जित हात पार्न सकेको थिएन। विश्वकप लिग(२ को शृंखलामा नेपालले तीन खेल हारेको थियो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.