सुदूरपश्चिममा एकपछि अर्को निर्माण कम्पनी कालोसूचीमा पर्दै

धनगढीः सुदूरपश्चिममा एकपछि अर्को निर्माण कम्पनीहरु कालोसुचीमा पर्न थालेका छन्।

Samajik New Add 2082

आज (मंगलबार) मात्र तीनवटा निर्माण कम्पनी कालोसुचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले कैलाली र कञ्चनपुरमा काम गर्ने तीनवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको सिफारिसमा गणपति निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीका सञ्चालक विश्वनाथ ठाकुर हुन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा रक्षा कन्स्ट्रक्सन बेल्डाडीलाई पनि कालोसूचीमा राखिएको छ। सो कम्पनीका सञ्चालक हरिशराज जोशी हुन्।

यस्तै पुनर्वास नगरपालिकाको सिफारिसमा विजय कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीका सञ्चालक सुकलामा तामाङ हुन्। यसअघि पनि डोटी, बाजुरा, डडेल्धुरा र अछाम लगायत जिल्लामा निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो। गत वर्ष पनि कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन र ए–वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । -dineshkhabar

Leave A Reply

Your email address will not be published.