कालिका मावि बलडाँडा जुपुमा प्रारम्भिक बालविकास कक्षाको स्थलगत अनुगमन

प्रारम्भिक बालविकास शिक्षाको विविध विषयमा छलफल

Kirci Gyan Kendra

कालिका मावि बलडाँडा जुपुमा प्रारम्भिक बालविकास कक्षाको स्थलगत अनुगमन गरिएको छ । मङ्गलसेन नगरपालिकाको समन्वयमा युनिसेफ नेपाल र ह्याणडीक्याप नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा द्धरा सञ्चालित अपाङ्गता समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम अन्तरगत अनुगमन गरिएको हो ।

Samajik New Add 2082

मङ्गलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावलको नेतृत्वमा भएको स्थलगत अनुगमनका क्रमममा संस्था मार्फत बालविकासमा कार्यक्रम सञ्चालन भएपश्चात भएको प्रगतिको अवस्था विष्लेषण तथा थप सुधारका लागि गर्नुपर्ने कार्यका विषयमा छलफल गरिएको छ । छलफलका क्रममा कक्षाकोठा व्यवस्थापन समावेशी तरिकाबाट भएको, बालविकास सहजकर्ताकरुहो कक्षा शिक्षणमा सक्रियता र उपस्थिति दर बढेको, शैक्षिक सामग्रीहरु अपाङ्गता समावेशीको दृष्टिकोणबाट निर्माण र प्रयोग भएको पाईएको छ ।

यस्तै परियोजनाले बालविकास शिक्षकको क्षमता विकासका कार्य गर्दा सिकाई सहजिकरण राम्रो भएको र यसको सकारात्मक प्रभाव माथिल्ला कक्षाहरुमा पनि पाईएको छ । परियोजनाले सञ्चालन गरेका क्रियाकलापहरुबाट शिक्षकहरुमा सवै प्रकारका क्षमता भएका बालबालिकाहरुलाई कक्षामा अन्य बालबालिकाहरुसंगै शिक्षण गर्न सकिने आत्मविश्वास तथा क्षमता विकास भएको देखिएको छ ।

Saud Agro Kailash

अनुगमन टोलिले बालविकास कक्षाहरुमा देखिएको सकारात्मक परिवर्तन हुने क्रियाकलापहरुको निरन्तरताका लागि परियोजना, वडा र नगरपालिकाले निरन्तर अनुगमन र प्राविधिक सहयोग गर्नुपर्ने सुझाव दिएको छ । यस्तै कक्षामा बालबालिका भर्नाको लागि स्थानीय स्तरमा अभियान सञ्चालन गर्नुपर्नेमा अनुगमन टोलिको सुझाव छ ।

 स्थलगत अनुगमन टोलीमा नगर उपप्रमुख संगिता कुमारी रावल सहित प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्वर ११ का अध्यक्ष नर बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु महत, शिक्षा शाखाका प्रास दिपक बहादुर भण्डारी, संघसंस्था शाखा प्रमुख होम बहादुर साउद, रेडियो रामारोशनका समाचार प्रमुख शंकर थापा, ह्याण्डिक्याप नेपालका कार्यक्रम प्रवन्धक पदम महर, रमेश स्याङताङ, परियोजना अधिकृत भोजसिंह खड्का, कालिका माविका प्रधानाध्यापक कर्ण बहादुर शाह, लेखापाल टेकराज तिमिल्सिना, घुम्ती शिक्षक सुर्य कुमारी परियार र बालविकास शिक्षक सीता रावलको सहभागिता रहेको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.