जिल्ला प्रशासन कार्यालय द्धारा मंगलसेन बजार क्षेत्रका २८ वटा पसलमा अनुगमन

दशैं तिहार नजिकिए संगै अछाममा बजार अनुगमन तिब्र पारिदै

Kirci Gyan Kendra

अछाम, १७ असाेजः

Samajik New Add 2082

जिल्ला प्रशासन कार्यालय अछामले मङ्गलसेन बजार क्षेत्रमा अनुगमन गरेको छ । दशै नजिकिए संगै बजारमा हुन सक्ने कालोबजारी र अखाद्य वस्तुको बिक्रि वितरण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बजार क्षेत्रका २८ वटा खाद्यान्न तथा किराना पसल र कोल्ड स्टोरको अनुगमन गरिएको हो ।

प्रशासकीय अधिकृत सन्तोष बिकको नेतृत्वमा गएको अनुगमन टोलिले खाद्यान्न र किराना पसलहरुबाट रु १७ हजार ४ सय ६४ बराबरको विभिन्न प्रकारका म्याद नाघेका सरसामान बरामद गरि नष्ट गरेको छ ।

अनुगमनका क्रममा पसलहरुले मूल्यसूचि राखे नराखेको, व्यवसाय दर्ता नविकरण भए नभएको, सरसफाइ लगायतका विषय हेरिएको थियो । सो क्रममा व्यापारी व्यवसायीहरुलाई आवश्यक सुझाव तथा निर्देशन दिईएको छ ।

Saud Agro Kailash

टोलिले मङ्गलसेन बैरागि धारा देखि बिच बजार र आसपासका खाद्यान्न तथा खुद्रा किराना पसलहरुमा अनुगमन गरेको थियो ।

अनुगमन टोलिमा प्रशासकीय अधिकृत सन्तोष बिक सहित वडा नम्वर ५ का वडा सदस्य प्रेम बहादुर कामी, जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा बिनोद राज खनाल, प्रहरी चौकी मंगलसेनका ईञ्चार्ज गगन सिंह बोगटी, मंगलसेन नगरपालिकाका एमआई एस अपरेटर होम बहादुर साउद, घरेलु तथा साना उद्योग कार्यालयका चेतराज पनेरु, मंगलसेन बजार व्यवस्थापन समाजका अध्यक्ष गोपाल बोगटी, जिल्ला प्रशासन कार्यालयका खरिदार खम्म बहादुर बोगटी, किरण राज जोशी, लेखापाल अजय कुमार चौधरी, उद्योग बाँणिज्य संघ अछामका सदस्य मिन बहादुर बोगटी लगायत प्रहरी र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

दशैं तिहारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्यलाई निरन्तर अगाडी बढाईने प्रशासकीय अधिकृत सन्तोष बिकले बताउनुभयो । कहिकतै म्याद नाघेको खाद्यपदार्थ बिक्रिवितरण भैरहेको पाईएमा वा कालबजारी र मूल्यबृद्धि गरिएको पाईएमा प्रचलित कानून अनुसार कारबाही गरिने उहाँको भनाई छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.