कविता – “हाम्रो अछाम”

Kirci Gyan Kendra

– बिनोद राज खनाल

Samajik New Add 2082

तराई र हिमालको बीचमा छ बसेको !

पहाडकी रानी जस्तै सोह्र श्रीङ्गार घसेको ।

पूर्व तिर चराको झै बनेको छ चुच्चो !

यसो हेर्दा लाग्छ अछाम फुलको झै झुप्पो ।

नजिकै छन मालिका माई, शेलेश्वरी माता !

गर्व लाग्ने खालको नै छ हाम्रो गौरव गाथा ।

बैद्यनाथ, नन्दामाता साथमै बर्दादेवी !

रक्षा गर्छन् देवीदेवताले पिडा हुँदा खेरी ।

ठाउँ पनि रमणीय रामारोशन कस्तो !

Saud Agro Kailash

स्वर्ग पनि हुन्छ होला खप्तड नै जस्तो ।

विनायकको पञ्चदेवल, मेल्लेखको विमकोट !

मंगलसेनको दरबारमा छैन कुनै खोट ।

हेर्दा राम्रो तुर्माखाँद छ ! उस्तै कमलबजार !

भेषभुषामा विविधता संस्कृति छन हजार ।

साँफेबगर, बयलपाटा बान्निगढी काखमा !

बुढीगङ्गा सेती नदी चौरपाटीको साथमा ।

विकास र समृद्धिले दुःख मेटाउनु छ !

कुरीति र कुसंस्कार सबै हटाउनु छ ।

ऐतिहासिक इतिहास राखौं माथि माथि !

धरोहरलाई जोगाउन सबै जुटौं साथी ।

(कवि खनाल जिल्ला प्रशासन कार्यालय, अछाममा नायब सुब्बा हुनुहुन्छ)

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.